काठमाडौं,२२ जेठ । कारोबारको दोस्रो दिन आज साेमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ३८ अङ्कले घटेर एक हजार नौ सय एक दशमलव ९९ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेर बजार राताम्मे भएको छ । बजार घटे पनि कारोबार रकम भने बढेको छ । दुई सय ७७ वटा कम्पनीका ५६ लाख २० हजार कित्ता शेयर एक अर्ब ९७ करोड ३४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १९ करोड ८९ रुपैयाँको शेयर किनबेच भयो ।
Post Views: 304
Discussion about this post