गर्मीमा यी फलफूल खाएर शरीरलाई शितलता प्रदान गर्नुहोस

खबर चितवन

खबर चितवन

काठमाडौं,२१ जेठ । अहिले गर्मी बढेसँगै धेरै प्रकारका फलफुलहरुको जुस तथा फलहरु खाने गर्दछौं । अहिले गर्मी बढेसँगै हाम्रो शरीर कमजोर हुँदै गएको छ । बजारमा कैयौ फलफुलहरु आइरहेका हुन्छन् । हामीहरुले तिनीहरुको जुस बनाएर खाने गर्दछौं । र, हाम्रो शरीरलाई शितलता प्रदान गर्दछौ । आज हामी त्यस्ता फलफूलहरुको बारेमा वर्णन गर्नेछौं, जुन गर्मीको समयमा खाँदा फाइदाजनक हुन्छ ।

१. खरबुजा – खरबुजा गर्मीको समयमा खाने फल हो । यसको जुस बनाएर खायौं भने शरीरलाई शितलतामात्र नभई स्वास्थ्यमा पनि फाइदा दिने गर्दछ । यो फलमा भिटामिन, मिनरल, क्याल्सियम पाइन्छ । यो फल प्रायः गर्मी मौसममा पाइन्छ । अहिलेको बढ्दो गर्मी मौसमसँगै यो फलले अत्यधिक स्वास्थ्य लाभ गर्दछ ।

२. आँप – आँपलाई हामी फलफुलको राजा भन्ने गर्दछौ । आँप प्रायजसो सबैलाई मनपर्ने फल हो । आँपलाई हामी काँचै खानेपनि गर्दछौ । यसको विभिन्न प्रकारका परिकारहरु बनाएर खाने गर्दछौ । गर्मी मौसममा यसको जुस, आइसक्रिम बनाएर खाने गरिन्छ । यसलाई बच्चाहरुले समेत धेरै मन पराउने भएकोले यो फल धेरै नै लोकप्रिय बनेको छ ।

३. मेवा – मेवाले शरीरलाई धेरै फाइदा गर्ने भएकोले यसलाई प्रायः मानिसहरुले खाने गर्दछन् । मेवामा भिटामिन, फाइबर पाइन्छ । मेवा तौल कम गर्नको लागिपनि खाने गरिन्छ । यसले मुटु र आँखालाई धेरै फाइदा गर्दछ । यो फल पनि गर्मीयाममा खाँदा शरीर शितल हुने गर्दछ ।

४. सुन्तला – सुन्तला जाडो समयमा पाइने फल भएपनि अहिले स्टोर गरेर गर्मीको मौसममा पनि खाने गरिन्छ । यसको जुसले हामीलाई एनर्जी दिने गर्दछ । यसमा भिटामिन ‘सी’, क्यालोरी, फाइबर, भिटामिन पाइन्छ । यसको जुस, जाम, जेली, वाइन, विभिन्न प्रकारका मिठाइहरु समेत बनाइन्छ । यसको बाहिरको बोक्राको प्रयोगले समेत शरीरलाई धेरै फाइदा दिने गर्दछ ।

५. अम्बा – अम्बा धेरै प्रजातिका पाइन्छन् । यो फलपनि गर्मी समयमा खाने गरिन्छ । यसमा क्यालोरी, फाइबर,एन्टीअक्सिडेन्ट, भिटामिन पाइन्छ । यो फल तौल कम गर्नका लागिपनि खाने गरिन्छ । अम्बाले मुटु स्वस्थ बनाउने, मांशपेसीको दुखाई कम गर्ने, छालालाई स्वस्थ राख्ने, खोकी लागेको औषधी, तौल कम गर्ने जस्तो फाइदा गर्दछ ।

६. लिची – यो फल गर्मीको मौसममा बढी पाइन्छ । काँचो हुँदा अमिलो हुने र पाकेपछि त्यसको स्वाद मिठो हुन्छ । यो फल सबैलाई मनपर्ने फल हो । लिचिमा क्यालोरी, प्रोटीन, सुगर, फाइबर र फ्याट पाइन्छ । यसले रातो रगत सेल बनाउन मद्दत गर्दछ । लिचिको जुस, जाम, जेली, वाइन, सस जस्ता चिजहरु बनाइन्छ ।

७. स्ट्रबेरी – स्ट्रबेरी एकदमै मिठो र लाभदायक फल हो । यसमा क्यालोरी, कार्बोहाइट्रेड, भिटामिन ‘सी’ र फ्याट कम मात्रामा पाइन्छ । यसले मुटु स्वस्थ राख्न, कब्जियत कम गर्ने र तौल कम गर्न मद्दत गर्दछ । साथसाथै यसको जुस बनाएरपनि खाने गरिन्छ ।

८. भुईंकटहर – यो फलका फल मिठो र स्वादिलो हुने भएकोले यसलाई धेरैले खान मन पराउँछन् । यो फलमा क्यालोरी, कार्बोहाइट्रेड, फाइबर, प्रोटिन, आइरन, भिटामिन, सोडियम, पोटासियम र कम मात्रामा फ्याट पाइन्छ । यो हाम्रो शरीरको स्वास्थ्यको लागी एकदमै फाइदाजनक फल हो । यसको जुसपनि मिठो हुने हुनाले यो फल निकै लाभदायक रहेको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

काठमाडौं । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ...

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बु । सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने...

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी भाद्र ९, १० र ११ गते विहान ११...