काठमाडौं,२१ जेठ । आइतबार सेयर बजारको परिसूचक नेप्सेसहित सबै सूचक बढेका छन्। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ५३.३ अंक बढेको छ।
यो वृद्धिपछि नेप्से १९ सय १९ अंकमा बन्द भएको छ भने १ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ। २१७ कम्पनीको मूल्य बढ्दा ३ कम्पनीको मात्र घट्यो।
बजारका सबै उपसमूह बढेका छन्। बैंकिङ १७, विकास बैंक ११७, फाइनान्स ५२, होटल तथा पर्यटन २७४, जलविद्युत ९१, जीवन बीमा ३४२, उत्पादन १५७, माइक्रोफाइनान्स ८८, निर्जीवन बीमा ४०७, अन्य ४२ र ब्यापार उपसमूह ८२ अंक बढे।
Post Views: 749
Discussion about this post