3pl

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै,एमालेले विरोध गर्ने 

खबर चितवन

खबर चितवन

काठमाडौं,२१ जेठ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको  बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्दैछ । संघीय संसदका दुवै सदनमा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल हुँदैछ ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।त्यसपछि बजेटमाथि छलफल शुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

संवैधानिक व्यवस्थाबमोजिम यही जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा बजेट पेस गरेका थिए ।

एमालेले विरोध गर्ने 
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने बजेटको विरोध गर्ने नीति बनाएको छ । जसरी नीति तथा कार्यक्रममाथि विरोध गरेको थियो त्यसरी नै बजेटमाथि पनि एमालेले विरोध गर्ने भएको छ । सांसदहरुले खरो प्रतिपक्षको भूमिका अब देखिने भनी घुर्कीसमेत दिइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताएको छ भने राप्रपाका सांसदहरु भने बजेटमा विभाजित छन् । प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेट राम्रो आएको प्रतिक्रिया दिएका छन् भने अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थन गर्ने कुनै आधार नभएको बताएका छन् ।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...