Advertise here

नवलपरासीमा डाटाकेवलकाे तारले घाँटी कसेर श्रीमतीले गरिन् श्रीमानको हत्या

खबर चितवन

खबर चितवन

नवलपरासी,२१ जेठ । नवलपरासीमा मोबाइलको डाटाकेबलले घाँटी कसेर श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेको रहस्य खुलेको छ ।

रामग्राम नगरपालिका वडा नं १४ का २९ वर्षका अब्दुल नसिम खाँको श्रीमती हशिवुन निसाले आफ्ना साथीको सहयोगमा हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।

जेठ १८ गते राति २ वजे श्रीमती हशिवुन निसाले श्रीमान नसिम खाँ सुतिरहेको बेला आफ्ना भारतीय साथीको सहयोगमा हत्या गरेको प्रहरीको भनाई छ । श्रीमानको हत्या पछि दुवैजना मिलेर घर देखि अन्दाजी १०० मिटर पश्चिम चन्दर थारुको खेलमा लगेर लाश पुरेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।

श्रीमान र श्रीमती बीच पटक पटक झै–झगडा हुने गरेको र श्रीमान अव्दुल नसिम खाँ ले दैनिक रुपमा कुटपिट गर्ने तथा २ जना छोराहरुको हेरचाह नगर्ने, स्कुलमा पढ्न पनि नपढाउने र घरमा बारम्वार घरेलु हिंसा समेत गर्ने गरेकाले हत्या गर्न बाध्य भएको श्रीमतीले प्रहरी बयानमा भनेकी छन् ।

श्रीमानको हत्या गर्ने हशिवुन निसालाई पक्राउ गरिएको र हत्यामा संग्लन रहेका उनका भारतीय साथीको खोजिकार्य भैरहेको प्रहरीले जनाएको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन्। विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल,...

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

काठमाडौँ । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६...

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म...