चितवन,२१ जेठ । भरतपुर महानगरपालिकाले चौविसकोठीका अतिक्रमित संरचनामा डोजर चलाएको छ । भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनालको नेतृत्वमा चितवन मेडिकल कलेज नजिक बनाइएको टहरा आज भत्काइएको हो ।
पुलचोक–गोन्द्राङ सडक अतिक्रमण गरेर बनाइएका टहरा भत्काइएको वडाध्यक्ष खनालले बताए । अतिक्रमित संरचना हटाउन पटक–पटक सूचना जारी गर्दा पनि अटेरी गरिएपछि डोजर चलाउनु परेको उनले बताए ।
Post Views: 1,142
Discussion about this post