रत्ननगर,२० जेठ । पूर्वी चितवनकाे रत्ननगरमा श्रीमानद्धारा श्रीमतिमाथी छुरा प्रहार भएकाे छ । रत्ननगर वडा नं १५ हातेमालाे टाेलका राजन रेग्मीले श्रीमति अनिता रेग्मीलाई शनिवार विहान छुरा प्रहार गरेका हुन ।
अनिताकाे अबस्थामा गम्भीर रहेको र अहिले पुरानाे मेडिकल कलेजमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । लामाे समय देखि घरायसी विवादका कारण रेग्मी दम्पती सम्बन्ध विच्छेद गर्ने अबस्थामा पुगेका थिए ।घटना भए लगतै राजन रेग्मी फरार छन ।
शुक्रबार राती श्रीमान र श्रीमती बीच झगडा परेकाे थियाे । उनीहरुका एक छाेरा दुई छाेरी छन । विहान साढे छ बजे छाेरा शाैचालय गएकाे माैका छाेपी राजनले श्रीमतिलाई छुरा प्रहार गरेकाे प्रहरीले जनाएको छ ।
Post Views: 2,111
Discussion about this post