काठमाडाैँ,२० जेठ । भारतको ओडिशामा रेल दुर्घटना हुँदा २०० भन्दा बढीको मृत्यु भएको छ। गएराति भएको दुर्घटनामा ९०० जना भन्दा धेरै घाइते भएको भारतीय संचारमाध्यमले जनाएको छ।
ओडिशाको बालासोर जिल्लाको बहानागा स्टेशनमा कोरोमण्डेल, बेंगलुरु_हावडा एक्सप्रेस रेल लिगबाट खसेको हो। रेल अर्को मालबाहक रेलमा ठोक्किएपछि २०० भन्दा बढीको मृत्यु भएको छ। भने करिब ९०० जना घाइते भएका छन्।
सुपरफास्ट ट्रेनको डिब्बा पल्टिँदा धेरै यात्रु फसेका छन्। उद्धार कार्य अहिले पनि जारी छ। रेलको डिब्बामा धेरै चेपिएकोले हाताहाती संख्या बढ्न सक्ने बताइएको छ।
Post Views: 438
Discussion about this post