ईभरग्रिन ईको क्लबको आयोजनामा वातावरण तथा प्रकृती संरक्षण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

खबर चितवन

खबर चितवन

 भरतपुर,२० जेठ । ईभरग्रिन ईको क्लबको आयोजनामा भरतपुर महनगरपालिका ८ स्थित श्री माध्यमिक बिधालय गौरीगन्जमा वातावरण तथा प्रकृती संरक्षणू सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

श्री माध्यमिक बिधालय गौरीगन्जका प्रधानाध्यापक बिजयराज खनालको प्रमुख अतिथ्यता एवम् क्लबका अध्यक्ष बिमल सुबेदीको सभापतित्वमा कार्यक्रम भएको हो ।May be an image of 5 people, people studying and text

प्रथम प्रस्तुति वातावरण तथा प्रकृतिको स्थिति शिर्षकमा क्लबकी सदस्य श्रिसा गैरेको रहेको थियो यस्तै दोश्रो प्रस्तुति क्लबका अध्यक्ष बिमल सुबेदीको वातावरण तथा प्रकृति बिनासको परिणाम शिर्षकमा रहेको थियो भने तेश्रो प्रस्तुति क्लबका सचिब शालिकराम पाठकको वातावरण तथा प्रकृति संरक्षणका समाधान शिर्षकमा रहेको थियो ।May be an image of 1 person, studying and text

उक्त कार्यक्रम मार्फत वातावरण प्रदुषण र प्रकृति बिनासको हालको स्थितिका बारेमा जानकारी दिइएको थियो भने त्यसलाई ब्यबस्थापन नगर्नाले भु मण्डल तापक्रम बृ्द्धि भई जलवायु परिवर्तनको मानव र अन्य जिवजन्तुहरुलाई के कस्तो असर पर्छ भन्ने बारेमा सचेत पनि गराइएको थियो , साथै बृक्षारोपणको महत्व बुझाउदै प्राकृतिक श्रोत र साधनहरुको दुरुपयोग कम गर्न र फोहोरलाई सहि तरिकाले ब्यबस्थापन गरी प्रदुषण कम गर्न सिकमइएको थियो ।May be an image of 6 people and people studying

कार्यक्रमका सहभागिहरु माझ प्रस्तुतिकै बिषयहरुको प्रश्न सोधेर सहि उत्तर मिलाउनुहुने सहभागिलाई पुरस्कार प्रदान गरिएको थियो । क्लबका अध्यक्ष एवम् कार्यक्रमका सभापति बिमल सुबेदीले कार्यक्रममा साथ दिनुहुने बिधालयका प्रमुख , सम्पूर्ण शिक्षकबर्ग, विद्यार्थी र क्लबका सम्पुर्ण सदस्यहरूलाई धन्यबाद तथा आभार प्रकट गर्दै आउदा दिनहरुमा पनि वातावरण तथा प्रकृती संरक्षणका यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता गर्नु भयो ।

कार्यक्रमलाइ क्लबका सचिव शालिकराम पाठकले सहजिकरण गर्नुभएको थियो ।May be an image of 2 people, people studying and text that says 'बैकल्पिक तरिकाहरु के-के हुन सक्छन? सोलारको प्रयोग हरित वस्तु प्रयोग Riateah'

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...