3pl Addiction Helpline America addictionhelplineamerica

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

खबर चितवन

खबर चितवन

काठमाडौं,१९ जेठ । भारतबाट बिहीबार पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको छ । सो मूल्यसूचीमा पेट्रोल प्रतिलिटर २.४ रूपैयाँ र डिजेल प्रतिलिटर २.११ रुपैयाँ बढाइएको छ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) ले १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भारतबाट पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएर आएपनि नेपालमा तत्कालै मूल्यवृद्धि नहुने बताए ।

उनले भने, ‘अहिले कार्यकारी निर्दशक उमेश थानी र निगमका अध्यक्ष मधुकुमार मरासिनी नै प्रधानमन्त्रीको भारत भ्रमणमा जानु भएको छ । अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदैन ।’

हवाई इन्धनको मूल्य भने प्रतिलिटर ७ रूपैयाँ घटेर आएको छ ।उपभोक्ताले अहिले पेट्रोलको प्रतिलिटर १ सय ७५ रुपैयाँ र डिजेल तथा मट्टितेल १ सय ५५ रुपैयाँमा मूल्य तिरेर प्रयोग गरिरहेका छन् ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...