3pl

पाथीभरा मन्दिरको कम्तीमा १५ करोड भेटीमा गोलमाल

खबर चितवन

खबर चितवन

इलाम,१९ जेठ । इलामको रोङ गाउँपालिका–३ मा रहेको पाथीभरा मन्दिरमा पाँच वर्षमा संकलन भएको भेटी (नगद, सुन र चाँदी)मा गोलमाल भएको छ । पाथीभरा संरक्षण संस्थाले ०७३ देखिको हरहिसाब देखाउन नसक्दा पाँच वर्षमा कति भेटी संकलन भयो र रकम कहाँ गयो भनेर यकिन हुन सकेको छैन । यो संस्थाले ०७३ असारदेखि संस्था नवीकरण र साधारणसभा पनि गरेको छैन ।
पाथीभरा संरक्षण संस्था पारदर्शी नभएपछि रोङ गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ जारी गरेर पाथीभरा विकास समितिमार्फत व्यवस्थापन थालेको छ । समितिले १ फागुनबाट पाथीभरा मन्दिरको जिम्मा लिएसँगै सय दिनमा भेटीबापत ६६ लाख ६१ हजार तीन सय ७८ रुपैयाँ आम्दानी भएको छ । यो रकम गाउँपालिकाको खातामा जम्मा भएको र आम्दानी पाथीभरा क्षेत्रको विकास र धार्मिक पर्यटन प्रवद्र्धनमा खर्च गरिने गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए ।

फागुनमा २१ लाख ७० हजार दुई सय ९४, चैतमा २० लाख ६४ हजार सात सय ४३, वैशाखमा १८ लाख ८५ हजार एक सय पाँच र जेठको १० दिनमा पाँच लाख ४१ हजार दुई सय ३६ संकलन भएको हो । अहिले संकलन भएको भेटी प्रत्येक दिन मुचुल्का गरेर कोषाध्यक्षले विकास समितिको खतामा जम्मा गर्छन् । त्यसपछि प्रत्येक महिना गाउँपालिकाको खातामा जम्मा गरिएको छ ।
‘मन्दिरबाट भएको आम्दानीको सही सदुपयोग गर्दै पाथीभरालाई सुव्यवस्थित गर्छौँ । आमभक्तजनको सहयोग, चन्दा र दानलाई वेबसाइटमा हेर्न सकिने बताउँछौँ,’ उनले भने, ‘पाथीभरा मन्दिरको सबै आम्दानी यहीँको विकास र त्यहाँको धार्मिक पर्यटन प्रवद्र्धनमा खर्च गर्नेछौँ ।’ गाउँपालिकाले आर्थिक वर्ष ०७८ र ७९ मा कुल ७२ लाख ५४ हजार मात्र आन्तरिक आम्दानी गरेको थियो । तर, अहिले मन्दिरको भेटीबाट आम्दानी बढेको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...