भाटभटेनीद्धारा भरतपुरमा कुहिएको तरकारी र प्रतिवन्धित भारतीय माछा बिक्री

खबर चितवन

खबर चितवन

चितवन,१८ जेठ । चितवनको भरतपुर स्थित भाटभटेनी सुपरमार्केटमा कुहिएको अवस्थामा तरकारी र प्रतिवन्धित भारतीय माछा बिक्री गरेको पाइएको छ। भरतपुर महानगरले बजार अनुगमनलाई तीब्रता दिएसगैँ खाद्य अनुज्ञापत्र नभएको भारतीय माछा भाटभटेनी सुपरमार्केटमा पाइएको हो।

बजारमा अखाद्य वस्तुको विक्रि वितरण भइरहेको भन्ने व्यापक जनगुनासो वढेपछि बजार अनुगमनलाई तीब्रता दिएको थियो । बजारमा अखाद्य वस्तु विक्रि वितरणसंगै दैनिक उपभोग्य वस्तुको अनावश्यक तरिकाले वढि मुल्य लिने गरिएको गुनासो आए पछि यस्ता गतिविधि नियन्त्रण गर्न अनुगमनलाई अभियानकै रुपमा संचालन गरिएको भरतपुर महानगरपालिकाका शासकीय सुधार इकाई शाखाका अधिकृत थानेश्वर सापकोटाले जानकारी दिए । अनुगमनका क्रममा बिग्रिएको निउरो र साग फेला परेको भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनालले बताए । बिग्रिएको एक÷एक मुठा निउरो र साग अनुगमन टोलीले जफत गरेको थियो ।

भाटभटेनीले भारतीय माछा प्याकिङ गरेर बिक्री गर्ने गरेको पाइएको छ । नेपालका माछा पालक किसानले भारतीय माछा ल्याउन प्रतिबन्ध लगाउनुपर्ने माग गरिरहेका बेला भाटभटेनीले भने धमाधम भारतीय माछा बिक्री गरिरहेको छ ।

अनुगमन टोलीले भाटभटेनीको स्टोर रुमको पनि निरीक्षण गरेको थियो । स्टोर रुपमा खाद्य र अखाद्य वस्तु दुवै एकै ठाउँमा राखेको र अव्यवस्थित पाइएको वडाध्यक्ष खनालले बताए । ‘खाने चिजहरु अत्यन्तै अव्यवस्थित र केहि कुहिएको पनि भेटियो’, उनले भने, ‘अर्कोतिर प्रतिबन्ध नै लगाउनुपर्ने भारतीय माछा पनि ल्याएर विक्री गरेको पायौँ ।’

महानगरले भरतपुर ओरालोमा रहेको भाटभनेनी सुपरमार्केटमा अनुगमन गरेको थियो। अनुगमनपछि पत्रकारहरुसँग कुरा गर्दै महानगरपालिकाका पशु सेवा शाखाका अधिकृत शिव अर्यालले प्रतिबन्धित भारतीय माछा बिक्रीका लागि राखिएको पाइएको बताए।

भरतपुरस्थित भाटभटेनी सुपरमार्केटले खाद्यान्न जस्तो संवेदनशिल वस्तुको व्यवस्थापनमा लापरबाही गरेको भेटिएको महानगरले जनाएको छ । भाटभटेनीले न्युन गुणस्तरीय र म्याद सकिएको सामान बेचेको भन्ने गुनासो आएपछि बुधबार भरतपुर महानगरपालिकाले खाद्यान्नको अनुगमन गरेको थियो । उपभोक्ता सरक्षण ऐन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाइ बजार अनुगमन गर्ने अनुमती प्रदान गरेको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...