3pl Addiction Helpline America addictionhelplineamerica

नारायणी किनारका अवैध संरचना भरतपुर महानगरद्वारा भत्काउन सुरु

खबर चितवन

खबर चितवन

भरतपुर,१८ जेठ । नारायणी नदीकिनारमा निर्माण गरिएका अवैध संरचनाहरु घरधनीले स्वस्फूर्तरुपमा आफै भत्काउन सुरु गरेका छन् । नदीकिनारमा अवैध ढंगबाट निर्माण गरिएका घरहरुमा भरतपुर महानगरपालिकाले (आज) बिहीबारबाट डोजर चलाउने भएपछि नारायणी नदीकिनार पुग्दा त्यहाँको वातावरण निकै फरक देखिन पुग्यो ।

घर धनीहरु आफै महानगरको यो अभियानलाई थप सहयोग गर्ने भन्दै खुसीसाथ आफ्नो घर आफै भत्काइ रहेको दृश्य देखियो ।भरतपुर महानगर प्रमुख रेनु दहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, वडा नं १ का अध्यक्ष केशव महर्जन, वडा नं ३ का अध्यक्ष विकास थापा, ४ का अध्यक्ष अर्पण पोख्रेल, १० का अध्यक्ष परमेश्वर खनाल, कार्यपालिका सदस्य विष्णु भुजेल र पत्रकारहरुसहितको टोली नारायणी नदीकिनार पुग्दा त्यहाँका घरधनीहरु महानगरको अभियानलाई सफल बनाउन आफै घर भत्काइरहेका थिए ।

महानगरले नारायणी नदीकिनारका अवैध संरचना भत्काउने भएपछि समृद्ध र सुसंस्कृत महानगरको परिकल्पनालाई साकार पार्न भन्दै स्थानीयले अवैध संरचना आफै भत्काउन सुरु गरेपछि महानगरपालिकाले खुसी व्यक्त गरेको छ ।

महानगर उपप्रमुख चित्रसेन अधिकारीले भने– ‘महानगरको अभिायनलाई सफल पार्न स्थानीयले मनैदेखि सहयोग गर्नु सकारात्मक छ, यसबाट अन्य वडाका बासिन्दाले पनि पाठ सिक्नुपर्छ ।’

अवैध संरचना हटाउने महानगरको अभियानको निरीक्षण गरेकी महानगर प्रमुख रेनु दाहालले भनिन् – ‘महानगरपालिकाभित्रका सार्वजनिक जग्गा संरक्षण गर्न वडा नं १ बाट काम थालनी गरिएको छ, अभियानको सुरुआतमै घरधनी आफैले भत्काएर राम्रो उदाहारण पेस गर्नुभएको छ, संरचना बनाउनेले आफै नहटाए मात्र बल प्रयोग गर्ने महानगरको नीति छ ।’

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...