गर्मी बढेपछि चितवनको राप्ती नगरपालिकामा ५ दिन विद्यालय बिदा

खबर चितवन

खबर चितवन

चितवन,१८ जेठ । चितवनको राप्ती नगरपालिकाले अत्याधिक गर्मि हुन थालेपछी विद्यालयहरुमा बिदा दिएको छ ।

बढ्दो गर्मिका कारण विद्यार्थीहरु प्रभावित हुन थालेपछी पाँच दिनका लागि विद्यालयहरुमा बिदा दिइएको हो । केही दिनयता गर्मी निकै बढेको र विद्यार्थी लाई आउन जान र पठनपाठनमा प्रतिकुल असर पर्न थालेपछी सामुदायिक र सस्थागत विद्यालयहरुमा जेठ १९ देखि २४ गतेसम्म बिदा दिइएको राप्ती नगरपालिकाकि शिक्षा अधिकृत रविना देउजाले जानकारी दिईन ।

१९ गते विद्यालयले प्रयोग गर्न पाउने गरि पाँच दिनको स्थानीय बिदा कटौती हुने गरि एक दिन र २१ गतेदेखि २४ गतेसम्म साउन महिनामा दिइने बर्षे बिदाबाट कटौती हुने गरि पाँच दिन बिदा दिइएको शिक्षा अधिकृत देउजाले बताइन् । गर्मिका कारण विद्यार्थीहरु बिरामी पर्न थालेको फोन आउन थालेको उनले बताईन । नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै बिदा दिइएको जनाएको हो ।

राप्ती नगरपालिका प्रमुख शमशेर लामाले बढ्दो गर्मिका कारण विद्यालय बिदा दिइएको भन्दै यो समयमा स्वास्थ्यको ख्याल गर्दै घरमै आफ्ना बाबुनानिको अध्ययनमा सहयोग गर्न आग्रह गरेका छन् ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...