3pl Addiction Helpline America addictionhelplineamerica

राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

खबर चितवन

खबर चितवन

काठमाडौँ,१७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ । आज बिहान उहाँले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गएको जेठ १२ गते सरकारले राष्ट्रपति पौडेललाई प्रमाणीकरणका लागि अनुरोध गरेको थियो ।

अघिल्लो प्रतिनिधिसभाकै बेला संघीय संसद्बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले उज्यालोलाई जानकारी दिनुभयो।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी रोक्नुभएको थियो । त्यही विधेयक अहिले प्रमाणीकरण भएको हो ।

यसअघि संघीय संसदले २०७९ साउनमा नागरिकता विधेयक पास गरेर प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा पठाएको थियो । तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिनुभएको थियो । तर राष्ट्रपतिको सन्देशलाई बेवास्ता गर्दै फेरि दुवै सदनले नागरिकता विधेयक हुबहु पारित गरेर भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो ।

संविधानअनुसार राष्ट्रपति भण्डारीले विधेयक १५ दिन अर्थात असोज ५ गतेभित्र प्रमाणीकरण गर्नुपर्ने भए पनि प्रमाणीकरण भएको थिएन ।

राष्ट्रपति कार्यालयमा होल्ड भएको विधेयकको अवस्था के हो हुने भन्ने प्रष्ट नभएको बेला गएको १२ गते बसेको  मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

विधेयकमा २०७२ असोज ३ अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकका सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ ।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...