3pl Addiction Helpline America addictionhelplineamerica

पृथ्वीले पायो अर्को नयाँ चन्द्रमा

खबर चितवन

खबर चितवन

एजेन्सी : पृथ्वीले अर्को एउटा चन्द्रमा पाएको छ । एक नयाँ अनुसन्धानमा यसबारे खुलासा भएको हो । यो चन्द्रमा क्वासी मून अर्थात् अर्ध–चन्द्रमा हो । क्वासी–मून स्पेस रक (क्षुद्रग्रह) हो जसले पृथ्वी र सूर्य दुवैको चक्कर लगाउँछ तर सूर्यको गुरुत्वाकर्षणले बाँधिएको हुन्छ । सहज शब्दमा भन्ने हो भने सूर्यले स्पेस रकलाई आफूतिर तान्छ ।

अन्तरिक्षयात्रीले हवाईको Pan-STARRS टेलिस्कोपको मद्दतले 2023 FW13 नामका क्वासी मूनबारे पत्ता लगाएको हो । अन्तरिक्ष यात्रीका अनुसार यो २१०० वर्ष (१०० बीसी) देखि पृथ्वीको आसपास नै थियो । यसबारे अहिले मात्रै पत्ता लागेको हो । यसले अबको १५ सय वर्ष अर्थात् सन् ३७०० सम्म पृथ्वीको चक्कर लगाउनेछ । त्यसपछि यसले पृथ्वीको कक्ष छोड्नेछ । यसबाट पृथ्वीलाई कुनै खतरा हुने छैन ।

2023 FW13 ले सूर्यको चारैतिर त्यति नै समयमा चक्कर लगाउँछ जति समयमा (३६५ दिन) पृथ्वीले लगाउँछ । साथै यसले पृथ्वीको चारैतिर पनि चक्कर लगाउँछ । त्यसैले यसलाई क्वासी मून भनिएको हो ।

क्वासी मूनलाई क्वासी–स्याटलाइट पनि भनिन्छ । यसले चन्द्रमाले झैँ पृथ्वीको परिक्रमा गरिरहेको छ । तर यो पृथ्वीको साटो सूर्यको गुरुत्वाकर्षणले बाँधिएको छ । त्यसैले पनि यसलाई क्वासी भनिएको छ । यता चन्द्रमा भने पृथ्वीको गुरुत्वाकर्षणले बाँधिएको हुन्छ ।

त्यसो भए, यो हाम्रो चन्द्रमा भन्दा कसरी भिन्न छ ?

नयाँ चन्द्रमा 2023 FW13 ले पृथ्वीको हिल स्फियर बाहिर चक्कर लगाउँछ । ‘हिल स्फियर’ कुनै पनि ग्रहको एक यस्तो हिस्सा हो जहाँ ग्रहको गुरुत्वाकर्षण बल सबैभन्दा धेरै शक्तिशाली हुन्छ । यसै बलका कारण उपग्रह, ग्रहतिर तानिन्छन् । पृथ्वीको ‘हिल स्फियर’ को रेडियस १.५ मिलियन किलोमिटर हो जबकि 2023 FW13 को रेडियस योभन्दा ठुलो अर्थात् १.६ मिलियन किलोमिटर हो । यस्तै, हाम्रो चन्द्रमाको हिल स्फेयरको रेडियस ६० हजार किलोमिटर मात्रै छ ।

यो स्पेस रक जुन कक्षमा छ त्यसको आधा बाटोमा मङ्गल ग्रह र आधा बाटोमा शुक्र ग्रह छ । पहिलो पटक मार्च २०२३ मा देखिएको थियो, आकारबारे थाहा छैन

2023 FW13लाई पहिलो पटक २८ मार्चमा Pan-STARRS टेलिस्कोपबाट देखिएको थियो । अब यसको अस्तित्वको पुष्टि भएको छ । यसलाई इन्टरनेशनल एस्ट्रोनोमिकल युनियनको माइनर प्लानेट सेन्टरमा सूचीबद्ध गरिएको छ । 2023 FW13 कति ठुलो छ भन्नेबारे जानकारी छैन ।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...