चितवनमा खोज र खोप अभियान,छुटेका चार सय ३२ बालबालिकालाई खोप लगाइयो

खबर चितवन

खबर चितवन

चितवन, १७ जेठ । सरकारले सञ्चालन गरेको खोज र खोप अभियानअन्तर्गत नियमित खोप छुटेका चार सय ३२ बालबालिकालाई खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाखको १५ र ३१ गते सो अभियान सञ्चालन गरेको थियो ।

वैशाख महिनालाई खोप महिनाको रुपमा मनाउने क्रममा नियमित खोप छुटेका ती बालबालिकालाई खोप लगाइएको हो । सात पालिकाका सबै वडामा स्वास्थ्यकर्मी एवं स्वास्थ्य स्वयंसेविकाले नियमित खोप छुटेका बालबालिकाको खोजी गरेर खोप लगाएका हुन ।

शिशु जन्मिएसँगै दिइनुपर्ने दादुरा, रुबेला, बिसिजी, टाइफाइटलगायतका १३ वटा खोपमध्ये कुनै एक छुटेको भएसमेत लगाउने व्यवस्था गर्नका लागि सञ्चालन गरिएको यो अभियानमा खोप लगाउन छुटेका सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका बालबालिका रहेका छन् ।

महानगरपालिकाका तीन सय छ बालबालिका यस अभियानमा सहभागी भएको स्वास्थ्य कार्यालय चितवनको जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार राप्ती नगरपालिकाका ८३ जना, इच्छाकामना गाउँपालिकाका १७ जना, खैरहनी नगरपालिकाका १४ जना, रत्ननगर नगरपालिकाका १० जना, माडीका दुई जना बालबालिका अभियानका क्रममा खोप कार्यक्रममा सहभागी भएका हुन ।

सरकारले ९५ प्रतिशतभन्दा बढी बालबालिका खोपको पहुँचमा पु¥याउनका लागि अभियान सञ्चालन गरेको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । उनका अनुसार सरकारले खोज र खोप अभियान सञ्चालन गर्नुअघिनै स्वास्थ्य कार्यालय चितवनले गत माघ महिनाबाट नै खोप लगाउन छुटेका बालबालिका खोज्न थलेको थियो । जिल्लामा यस वर्ष ५० हजार नौ सय ३१ बालबालिका पाँच वर्षमुनिका छन् । रासस

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...