गर्मी मौसममा कस्तो खानेकुरा खाने

खबर चितवन

खबर चितवन

काठमाडौँ,१७ जेठ । गर्मी बढेसँगै तातो हावा र चर्को घामका कारण थुप्रै रोग लाग्ने खतरा हुन्छ। गर्मीमा शरिरमा पानीको कमी हुनु, लू लाग्नु, पखाला चल्नुजस्ता समस्या प्रायः हुने चिकित्सक बताउँछन्। यस्तोमा खानपानमा विशेष सावधानी अपनाउनुपर्छ।गर्मी बढेसँगै तातो हावा र चर्को घामका कारण थुप्रै रोग लाग्ने खतरा हुन्छ। गर्मीमा शरिरमा पानीको कमी हुनु, लू लाग्नु, पखाला चल्नुजस्ता समस्या प्रायः हुने चिकित्सक बताउँछन्। यस्तोमा खानपानमा विशेष सावधानी अपनाउनुपर्छ।
चिकित्सकहरुले गर्मीमा शरिरलाई चिसो बनाउने खानेकुरालाई आफ्नो खानपानमा सामेल गर्नुका साथै केही खानेकुरासँग टाढिनुपर्ने सुझाव दिन्छन्। गर्मीमा हल्का तथा सुपाच्य खाना खानुपर्छ, जसले गर्दा पाचन प्रणाली सबल हुन्छ।

मही, कागतीपानी र नरिवलपानीले फाइदा गर्छ गर्मीमा। गर्मीको मौसममा अधिक मात्रामा फलफूल र पानीको सेवन गर्नुपर्छ। कागती–पानी, नरिवल–पानी, जो यतिबेला उपत्यका सहित सबैतिर सजिलै उपलब्ध हुन थालेको छ। यसका साथै मही खानु अति लाभदायक हुने चिकित्सक बताउँछन्। यसले शरिरलाई चिसो बनाइरहनुका साथै स्फूर्त बनाउँछ भने शरिरबाट पसिनाको रुपमा निस्किने पानीको पूर्तिसमेत गर्छ।

फलमा खरभुजाको उपभोग सबैभन्दा राम्रो मानिएको छ। यसमा ९० प्रतिशतसम्म पानी हुन्छ। यसको सेवनले शरिर हाइड्रेटेड रहनुका साथै यसमा भिटामिन ए र सीको मात्रा हुने चिकित्सक बताउँछन्। गर्मीमा काँक्रा र स्प्राउटलाई पनि डाइटमा सामेल गर्ने सल्लाह दिइन्छ। यसमा आइरन र फाइबरको मात्रा अधिक हुन्छ, जसले शरिरलाई फाइदा पुर्याउँछ। गर्मीका कारण पखाला लागेमा दूध, डेरीजन्य उत्पादनको प्रयोग नगर्ने सुझाव दिन्छन्। सडकको छेउछाउमा र खुला ठाउँमा बेच्न राखिएको खानेकुरासँग टाढा रहनु पर्छ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...