माडीमा जंगली कर्कलो टिप्न जाँदा भीरबाट लडेर एक जनाको मृत्यु

खबर चितवन

खबर चितवन

चितवन,१५ जेठ । चितवनको दक्षिणी नगरपालिका माडी–१ मा जलुका (जंगली कर्कलो) टिप्न जाँदा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । माडी–१ द्रौपदीनगरका ५५ वर्षीय ईन्द्रबहादुर रिमालको घरनजिकैको जंगलमा जलुका टिप्न जाँदा चिप्लिएर मृत्यु भएको हो ।

आइतबार बिहान घरबाट सागपात टिप्न गएका उनी साँझ अवबेरसम्म पनि घर नफर्किएपछि आइतबार राति बिहान गाउँलेहरु उनलाई खोज्न गएका थिए ।

उनको खोजी गर्ने क्रममा घरभन्दा करिब २ किलोमिटरको दुरीमा भिरबाट चिप्लिएर मृत्यु भएको अवस्थाना उनको शब भेटिएको थियो । घटनास्थलको मुचुल्का उठाएर शव घरमा ल्याइएको र आज (सोमबार) बिहान पोष्टमार्टमको लागि भरतपुर पठाइएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपक रिजालले जानकारी दिए । पोष्ट मार्टमको रिपोर्ट आउन बाँकी छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...