3pl Addiction Helpline America addictionhelplineamerica

चितवनका पत्रकार अनिल ढकाल बागमती प्रदेश सरकारबाट पुरस्कृत

खबर चितवन

खबर चितवन

चितवन,१५ जेठ । चितवनका पत्रकार अनिल ढकाल बागमती प्रदेश सरकारबाट पुरस्कृत भएका छन । १६ औं गणतन्त्र दिवस २०८० को अवसरमा पत्रकार ढकाललाई ” विकास पत्रकारिता पुरस्कार ” प्रदान गरेको हो । दुई दशकदेखि पत्रकारितामा सकृय ढकाललाई नगद बीस हजार सहितको पुरस्कार प्रदान गरिएको छ ।

मुख्यमन्त्री कार्यलय हेटौंडामा आयोजित समारोहमा प्रदेश प्रमुख यादब चन्द्र शर्मा र मुख्यमन्त्री शालिकराम जमरकट्टेलले पुरस्कार प्रदान गरेका हुन । नेपाल प्रेस युनियन चितवनका अध्यक्ष रहेका ढकाल अन्नपूर्ण पोष्ट् दैनिकका चितवन सम्बाददाता र एपिवान टेलिभिजनका भरतपुर ब्युरो प्रमुखका रुपमा कार्यरत ढकालले सामाजिक एवं बिकासको सवालमा कलम चलाउदै आएका छन । केही समय अघि चितवनमा ढकालले चलाउने चर्चित कार्यक्रम ब्रेक थ्रु चर्चित थियो । बिकट र पिछडिएका बस्तिका समाचारमा उनले बढी कलम चलाउदै आएका छन ।

ढकालसंगै बागमती पत्रकारिता पुरस्कारबाट दोलखाका प्रभु जिरेल, अग्रज सम्मान पत्रकारिता पुरस्कारबाट सिन्धुपाल्चोकका सुरेश कसजु, ग्रामिण पत्रकारिता पुरस्कारबाट मकवानपुरका शिवकुमार रिजाल, प्रदेश गौरव पत्रकारिता पुरस्कारबाट नुवाकोटका शक्तिमाया तामाङ र प्रदेश युवा पत्रकारिता पुरस्कारबाट सिन्धुलीका बिक्रम रत्न पुरस्कृत भएका छन । पत्रकारितामा योगदान गरेर पनि ओझेलमा परेकाहरुको कदर गरेर पुरस्कृत गरिएको पुरस्कार छनौट समितिका संयोजक एवं प्रेस रजिस्ट्रार रेवती सापकोटाले बताए ।

” नेपालका आधा पत्रकारको कार्यक्षेत्र रहेको बागमती प्रदेशको १३ वटै जिल्लामा कार्यरत पत्रकारले आफनो प्रदेशको अनुभुति गर्न सक्ने गरी प्रदेश सरकारले गरेको छ ” सापकोटाले भने ” ओझेलमा परेका,अरुले नदेखेका, आफनो कर्मक्षेत्रमा निरन्तर खटिइरहेका, पत्रकारिता पेशालाई आफनो जिम्मेवारी र दायित्व सम्झिएका सबैको अधिक्तम प्रतिनिधित्व हुने गरी छनौट गरिएको हो । “

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...