काठमाडौं, १४ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद सजाय भोगिरहेका रेशम चौधरी सहित ४८२ जनाले माफी पाएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा सोमबारदेखि लागु हुने गरी रेशम चौधरी,रमेश थलङ, उदय नारायण गिरीसहित ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
आइतबार मन्त्रिरिषदको बैठकले चौधरीको सजाय माफी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो। दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका कैदीको सजाय माफी दिन सक्ने व्यवस्था छ ।
Post Views: 208
Discussion about this post