काठमाडौं, १४ जेठ । टिकापुर हत्या काण्डमा जेल सजाय काटिरहेका रेशम चौधरीले आम माफी पाएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार पौडेलले सो निर्णय गरेका हुन् ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ ।‘
त्यस्तै, राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को जेठ १२ को बैठकको सिफारिसमा जेठ १५ गते देखि लागू हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङरलिम्बूसमेतका ४७५ जना र ज्येष्ठ नागरिक उदय नारायण गिरीसमेतका ७ जना गरी कुल जम्मा ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफ गरेका छन् ।
Discussion about this post