चितवन ,१४ जेठ । भरतपुर महानगरपालिका–६ देवनगर बस्ने एक महिलालाई सामुदायिक वनमा दाउरा काट्न जाँदा गैँडाले आक्रमण गरेको छ ।
शनिबार दिउँसो साढे ३ बजे बजेको समयमा आफ्नै घर नजिकै रहेको सिमसार वनमा दाउरा काट्ने क्रममा ४० वर्षिय गंगा भुजेल जंगली गैँडाको आक्रमणमा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
आक्रमणबाट गम्भिर अवस्थामा पुगेकी भुजेलको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Post Views: 378
Discussion about this post