3pl Addiction Helpline America addictionhelplineamerica

इन्डियन प्रिमियर लिग : उपाधिका लागि गुजरात र चेन्नई भिड्दै

खबर चितवन

खबर चितवन

काठमाडौं, १४ जेठ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि आज आइतबार गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।नरेन्द्र मोदी स्टेडियममा हुन लागेको फाइनल खेल नेपाली समयअनुसार राति ७ः४५ बजेबाट सुरु हुनेछ ।

चेन्नई पहिलो क्वालिफायर खेलमा गुजरातलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने गुजरातले दोस्रो क्वालिफायर खेलमा मुम्बई इण्डियन्सलाई पराजति गर्दै फाइनलमा स्थान बनाएको हो ।

हार्दिक पाण्डेयको कप्तानीमा रहेको गुजरात र महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नई अहिलेसम्म आइपीएलमा चार पटक आमने सामने भएका छन् । जसमा गुजरातले तीन पटक जितेको छ भने चेन्नईले एक पटक जितेको छ ।

चेन्नईले यसै सिजनको पहिलो क्वालिफायरमा गुजरातलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

दोस्रो सिजन खेलिरहेको गुजरात लगातार दोस्रो पटक नै आइपीएलको फाइनलमा पुगेको छ । यसअघि अघिल्लो वर्षको आइपीएलको उपाधि पनि गुजरातले जितेको थियो ।

आइपीएलको इतिहासमा चेन्नई १०औँ पटक आईपीएलको फाइनलमा पुगेको हो । जसमा चेन्नईले चार पटक उपाधि जितेको छ ।

आइपीएलको इतिहासमा मुम्बईले सबैभन्दा बढी ५ पटक आइपीएलको उपाधि जितेको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...