चितवन,१३ जेठ । भरतपुर महानगरपालिकाकाे मेयर रेणु दाहालले मानव वेचविखनजस्ताे सामाजिक हिसां अन्त्यका लागि सबैले आफ्नाे ठाँउवाट पहल गर्नु आवश्यक भएकाे वताउनु भयाे ।
महिला शसक्तिकरण तथा परिवर्तनशिल संस्थाले आज भरतपुरमा आयाेजना गरेकाे मानव वेचविखन तथा आेसारपाेसर विरुद्ध सचेतना कार्यक्रमलाई संवाेधन गर्दै मेयर दाहाल मानव वेचविखन विरुद्धकाे अभियानमा विभिन्न संघसंस्थाले थालेकाे अभियानमा भरतपुर महानगरले हरतवरले सहयाेग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयाे ।
भरतपुर महानगरकाे सहयाेगमा आयाेजना भएकाे कार्यक्रममा महिला अधिकारीकर्मी तथा आर्दश गृहका अध्यक्ष मीना खरेलले मानव वेचविखन प्रभावितहरुका लागी सहानुभूति भन्दापनि समानुभुति आवश्यक भएकाे बताउनु भयाे ।
पिडीतमैत्रि सामाजिक संरचना नभएका कारण प्रभावितहरुले आफ्नोे समस्या अगाडि ल्याउन नसकेकाे वताउनु भयाे । कार्यक्रमलाई सहजिकरण गर्दै कीन ईन्डीयाका नेपाल निर्देशक ईन्द्रराज भट्टराईले मानव वेचविखनका विभिन्न आयामहरुका विषयमा प्रष्ट पार्नुभएकाे थियाे ।
महिला वालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रहरी नायव उपरिक्षक रिमा काेईरालाले चितवनमा मानव वेचविखनकाे अवस्थाकाे विषयमा जानकारी गराउनु भएकाे थियाे । जिल्ला प्रहरी कार्यालय चितवनमा आर्थिक बर्ष २०७९/८० मा ७ वटा मानववेचविखनकाे घटना दर्ता भएकाे छ । याे घटना अघिल्लाे वर्षकाे तुलनामा वढेकाे छ । आर्थिक बर्ष ७८/७९ मा ३ वटा र ०७७/७८ मा ४ वटा घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएकाे छ ।
महिला शसक्तिकरण तथा परिवर्तनशिल संस्थाकाे सचिव तथा कार्यक्रम संयाेजक पवित्रा रिजालकाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रममा संस्थाका अध्यक्ष संगीता भट्टराईले मानववेचविखन विरुद्धको अभियानमा महानगरपालिकाले नितिगत रुपमा निर्णय गर्नु आवश्यक भएकाे वताउनुभयाे। विभिन्न संघसंस्थाका प्रतिनिधि महिला तथा प्रहरी र सराेकारवालाहरुकाे सहभागीता रहेकाे कार्यक्रममा प्रहरी शिक्षालय भरतपुरका प्रहरी प्रमुख प्रकाश रानाभाट, भरतपुर ७ का वडाअध्यक्ष राजेन्द्रमणी काफ्ले , माईति नेपालका चितवन संयाेजक ईश्वर गिरी, मञ्जुश्री असहाय संरक्षण केन्द्रका अध्यक्ष मञ्जु खाण, युवा प्रतिनिधि प्रशिद्व पाैडेल लगायतले मन्तव्य राख्नुभएकाे थियाे ।
Discussion about this post