3pl Addiction Helpline America addictionhelplineamerica

प्रेस युनियन चितवनले मनायो स्थापना दिवस

खबर चितवन

खबर चितवन

भरतपुर,१३ जेठ । नेपाल प्रेस युनियन चितवनले स्थापना दिवसका अवसरमा `गणतन्त्र पछिको पत्रकारिता´ विषयक अन्तक्रिया कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव सृजना अर्यालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सचिव अर्यालले गणन्तत्र प्राप्तिका लागि पत्रकारहरुको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको स्मरण गर्दै गणतन्त्रलाई जीवित राख्नका लागि पत्रकारको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताइन् । पत्रकारिता पेशालाई अझै मर्यादित र सम्मानित बनाउन पत्रकारहरुको शुद्विकरण आवश्यक रहेको उनले बताइन् ।No description available.

प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डित , प्रेस सेन्टर चितवनका कोषाध्यक्ष किशोर सापकोटालगायतले प्रेस स्वतन्त्रताका लागि र पेशागत सुरक्षाका लागि अझै शसक्त वनाएर अगाडि वढ्न प्रेस युनियनलाई शुभकामना दिए ।

कार्यक्रममा लोकतन्त्रपश्चात पत्रकारितामा भएको परिवर्तन र पत्रकारिताका चुनौतिका विषयमा व्यापक छलफल भएको थियो । पत्रकारिताले प्राप्त गरेको स्वतन्त्रतालाई अझै सृजनात्मक र संवेदनशील बनाउने विषयमा समेत छलफल र विचार विमर्श भएको थियो ।

कार्यक्रमको पहिलो सत्र जिल्ला उपाध्यक्ष प्रस्ताव सुवेदी र दोश्रो सत्र जिल्ला सदस्य राजेश घिमीरेले संचालन गरेका थिए म कार्यक्रममा सहभागीहरुलाई जिल्ला उपाध्यक्ष सिन्धु ढकालले स्वागत गरेकी थिइन् ।

प्रेस अभिव्यक्ति स्वतन्त्रताका लागि ३२ वर्ष अगाडि स्थापना भएको प्रेस युनियन नेपालको सबैभन्दा पुरानो पत्रकारहरुको संस्थाको रुपमा रहेको छ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...