3pl Addiction Helpline America addictionhelplineamerica

चितवनका गाईभैँसीमा लम्पिस्किनकाे प्रकाेप

खबर चितवन

खबर चितवन

चितवन,१३ जेठ । जिल्लामा पालिएका दुई हजार छ सय ७४ गाईभैँसीमा लम्पिस्किनको समस्या देखिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका अनुसार जिल्लाका सात पालिकामा गाईभैँसीमा लम्पिस्किनको समस्या देखिएको हो।

कार्यालयका पशु विकास अधिकृत डा. रामचन्द्र आचार्यका अनुसार जिल्लामा सबैभन्दा बढी प्रभावित राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका किसान छन्। राप्ती नगरपालिकामा एक हजार तीन सय ७५ र इच्छाकामना गाउँपालिकामा सात सय ८५ गाईभैँसी यस रोगबाट प्रभावित भएका उनले जानकारी दिए।

यस्तै, माडी नगरपालिकामा एक सय ८३, खैरहनी नगरपालिकामा एक सय १०, कालिका नगरपालिकामा एक सय, रत्ननगर नगरपालिकामा ४५ र भरतपुर महानगरपालिकामा ७६ गाईभैँसी प्रभावित भएका छन्।

यो रोग ‘क्याप्री पोक्स’ नामक जीवाणुका कारण हुने डा. आचार्यले बताए। गर्मीयाममा लामखुट्टे, झिँगालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको उनको भनाइ छ। डा. आचार्यका अनुसार विगत केही दिनदेखि गाईभैँसीमा लम्पिस्किनको सङ्क्रमण फैलिएको छ।

“गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओँठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखापर्छ”, उनले भने।

यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिँगा लगायतको टोकाइबाट लाग्ने गर्दछ। सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवम् पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको भेटेरिनरी अस्पतालले जनाएको छ।

लम्पिस्किन रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य किरोबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यले बताए। रोग लाग्नबाट बचाउनका लागि लम्पिस्किन विरुद्धको खोप लगाउनु पर्ने उनकाे भनाइ छ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...