3pl

इण्डियन प्रिमियर लिग : मुम्बईलाई हराउँदै गुजरात फाइनलमा

खबर चितवन

खबर चितवन

काठमाण्डाै,१३ जेठ । इण्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इण्डियन्सलाई ६२ रनले हराउँदै गुजरात फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न दोस्रो क्वालिफायर खेलमा मुम्बई इण्डियन्सलाई हराउँदै गुजरात फाइनलमा प्रवेश गरेको हो ।

नरेन्द्र मोदी क्रिकेट मैदान अहमदाबादमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो ।उसका लागि शुभन गिलले शतकीय पारी खेले । ६० बलको सामना गरेका उनले १० छक्का र ७ चौकासहित १ सय २९ रन बनाए ।यस्तै, साई सुदर्शनले ४३, हार्दिक पाण्ड्याले अविजित २८ र ऋद्धिमान साहले १८ रनको योगदान दिए । मुम्बईका लागि पियुष चावला र आकाश माधवालले १/१ विकेट लिए ।

गुजरातले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको मुम्बई १८ दशमलब २ ओभरमा अलआउट भयो । उसले १ सय ७१ रन मात्र बनायो। उसका लागि सूर्यकुमार यादवले ७ चौका र २ छक्कासहित सर्वाधिक ६१ रन बनाए । यस्तै, तिलक वर्माले ४३ र क्यामरुन ग्रीनले ३० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।गुजरातका लागि मोहित शर्माले ५ विकेट लिए । यस्तै, मोहम्मद शामी, राशिद खानले २/२ र जोस लिटलले १ विकेट हात पारे ।

अब उसले उपाधिका लागि आइतबार चेन्नई सुपर किंग्सको सामना गर्नेछ । चेन्नईले पहिलो क्वालिफायरमा गुजरातलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...