3pl

रेशम चौधरीलाई गणतन्त्र दिवसमा छुटाउने तयारी,आममाफी दिने प्रक्रिया सुरु

खबर चितवन

खबर चितवन

काठमाडौं,१२ जेठ । टिकापुर नरसंहारमा दोषी ठहरिएर जेल सजाय भोगिरहेका रेशम चौधरीलाई आम माफी दिने प्रक्रिया सरकारले अघि बढाएको छ।गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपतिबाट उनलाई माफी दिने तयारी भएको हो ।

सर्वोच्चले जेठ २ गते मात्रै जिल्ला र उच्च अदालतबाट भएको जन्मकैदको फैसला सदर गरेको भए पनि सरकारले जेठ १५ गते गणतन्त्र दिवसका अवसर पारेर चौधरीलाई आममाफी दिने प्रक्रिया अघि बढाएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

चौधरी २०७४ फागुन १५ देखि थुनामा छन् । उनलाई सजाय माफी दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरेका छन् ।

कैलाली जिल्ला अदालतले उनलाई २०९४ साल फागुन १३ गतेसम्म जेल सजाय सुनाएको थियो। उक्त आदेश उच्च र सर्वोच्च अदालतबाट समेत सदर भएको अवस्थामा उनी अझै १४ वर्ष जेल बस्नुपर्ने भए पनि सरकारले गणतन्त्र दिवसका अवसरमा माफी दिन लागेको हो।

चौधरीलाई जेलमुक्त गर्न सरकारले पटक पटक प्रयास गर्दै आएको छ। गत मंसिरमा प्रचलित कानुनलाई तोडमोड गर्दै अध्यादेश नै ल्याएको थियो।

त्यस्तै जेठ २ गते सर्वोच्चले सजाय सदर गर्नुअघि सरकारले मुलुकी अपराध संहिताको संशोधनका लागि विधेयक संसदमा दर्ता गरेको थियो।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...