3pl Addiction Helpline America addictionhelplineamerica

नारायणगढ–मुग्लिन सडकमा निर्माण सम्पन्न भएका पुलहरू जेठको अन्तिमदेखि सञ्चालनमा ल्याइने

खबर चितवन

खबर चितवन

चितवन,१२ जेठ । नारायणगढ–मुग्लिन सडकमा निर्माण सम्पन्न भएका पुलहरू क्रमशः सञ्चालन गर्दै लगिने भएको छ। सङ्घीय राजधानी काठमाडौँ छिर्ने मुख्य नाका मानिने सडकको यातायात सेवा वर्षामा पनि सहज बनाउन निर्माण सम्पन्न भएका पुललाई परीक्षणका रूपमा सञ्चालनमा ल्याउन लागिएको हो।

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले बनिसकेका पुल जेठको अन्तिमदेखि नै सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। “हस्तान्तरण हुन बाँकी भए पनि निर्माण सम्पन्न भएका पुल विस्तारै सञ्चालन गर्दै लगिने नीति बनाएका छौँ,” प्रमुख कार्कीले भन्नुभयो।

सडकसँगै रहेका घरटहराको क्षतिपूर्ति दिन ढिलाइ हुँदा निर्माण सकिएर पनि उक्त सडक खण्डका नौ वटा पुल सञ्चालनमा आउन सकेका छैनन्। विश्व बैङ्कको ऋणमा निर्माण भएका ती पुल नजिकै सडकमा जोडिएका घर टहरालाई नेपाल सरकारले क्षतिपूर्ति दिनुपर्ने नियमका कारण निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन सकेका थिएनन्। सरकारले ती घरटहराको पहिलो चरणको क्षतिपूर्ति ५० लाख रुपियाँ वितरण गरेसँगै पुललाई मूल सडकमा जोड्न लागिएको हो।

त्यसका लागि पुलदेखि सडकसम्मको बिचको भाग मर्मत सुधार र कालोपत्रे गर्नुपर्ने अवस्था छ। त्यो एक दुई दिनमै सकिने र त्यसपछि जेठ अन्तिमसम्ममा पुल सञ्चालनमा ल्याइने बताइएको छ। निर्माण कम्पनीका तर्फबाट सडक विभागलाई हस्तान्तरण भने हुन बाँकी नै छ।

“केही दिनभित्रै पहिलो चरणमा सेती दोभान, डुम्रे र बालुवा पुल गरी तीनवटा र दोस्रो चरणमा रिग्दी खोला पुल, भोर्ले खोला पुल, जुगेडी खोला पुल र खोर खोला पुल गरी चार वटा पुलको प्राविधिक जाँच गरी सञ्चालनमा ल्याउँछाँै,” प्रमुख कार्कीले बताउनुभयो।

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार निर्माणाधीन १५ पुलमध्ये नौ वटाको निर्माण पूरा भएको र थप चार वटाको निर्माण कार्य अन्तिम चरणमा छ।

यस्तै तुइन खोलामाथि भने अझै पुल निर्माणको काम सुरु हुन सकेको छैन। खहरे खोलामा भर्खरै सुरु भएको छ। खहरे खोला पुलको जगमै टहरा परेपछि निर्माण नै रोकिएको थियो भने तुइन पुलसँगै ठाडो भिर भएका कारण त्यसलाई विष्फोट गरेर फोर्नु पर्ने भएकाले निर्माण कार्य अघि बढ्न नसकेको हो।

नारायणगढ–मुग्लिन सडक पुनर्निर्माण सकिएको दुई वर्र्षपछि मात्रै २०७७ असारदेखि १५ वटा पुलको निर्माण प्रव्रिmया सुरु भएको हो। सडक विस्तारसँगै पुल निर्माण गर्नुपर्ने भए पनि विभिन्न कानुनी अन्योलका कारण पुल निर्माण सुरु गर्नमै ढिलाइ भएको थियो। सरकारले कानुनी अड्चन खुला गरेपछि २०७६ चैत १० गते पुल ठेक्का सम्झौता भएको थियो। सोही अनुरूप ‘डिजाइन एन्ड बिल्ड’ (पुलको डिजाइन गर्दै निर्माण गर्ने काम) को अवधारणामा अनक कन्ट्रक्सनले पुलको निर्माण सुरु गरेको हो।

अहिले बनेका पुलका चौडाइ नौदेखि ११ मिटरसम्मका छन्। पुल निर्माणका लागि विश्व बैङ्कले एक अर्ब २७ करोड पाँच लाख रुपियाँमा सहयोग गरेको खबर आजको गोरखापत्रले छापेको छ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...