3pl

चितवन राष्ट्रिय निकुञ्जमा १० वर्ष यताकै पर्यटक बढ्दा राजश्व घट्यो

खबर चितवन

खबर चितवन

चितवन,१२ जेठ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १० वर्षमा सबैभन्दा धेरै पर्यटक चालु आर्थिक वर्षमा आएका छन्। भूकम्प, नाकावन्दी, कोरोना भाइरसको महामारी पछि पहिलोपटक निकुञ्जमा ठूलो संख्यामा पर्यटकहरु आएको निकुञ्ज कार्यालयले जनाएको छ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पर्यटक बढे पनि निकुञ्जको राजश्व भने सोचे जस्तो बढ्न सकेन ।सूचना अधिकारी तिवारीले चालु आर्थिक वर्षको २ महिना (जेठ र असार) बाँकी छँदै वैशाखसम्म २ लाख ६३ हजार ८०६ पर्यटक आए । पछिल्लो १० वर्षमा यति ठूलो संख्यामा पर्यटक घुम्न आएका पहिलो पटक हो ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म निकुञ्जले २४ करोड ४९ लाख ४६ हजार ८६० रूपैयाँ राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा १ लाख ८७ हजार १०९ पर्यटक मात्रै आउँदा निकुञ्जको राजश्व २९ करोड ४४ लाख ६६ हजार ६३९ पुगेको थियो ।

कोभिड महामारी पछाडि नेपाली पर्यटकको संख्या ह्वात्तै बढेको तर विदेशी र सार्क देशबाट अपेक्षाकृत पर्यटक नआउँदा त्यसको असर राजश्वमा परेको उनको भनाइ छ । ‘नेपालीहरुमा घुम्नुपर्छ, परिवारसहित नै जानुपर्छ भन्ने मानसिकताले काम गरेको देखिन्छ, तर विदेशका कतिपय देशहरूले कोराना पछाडि पनि अझै घुमघामका लागि खुला गरिनसकेको कारणले यस्तो भएको हुनसक्छ,’ सूचना अधिकारी तिवारीले भने, ‘तर यसपटक पर्यटकको संख्याले रेकर्ड तोडे पनि राजश्वमा अपेक्षाकृत भएन भन्ने छ ।’

चालु आर्थिक वर्षको २ महिना बाँकी रहँदा अझै पर्यटक र राजश्व बढ्ने अपेक्षा गरिएको उनले बताए । ‘२९ करोडको हाराहारीमा यसपटक पनि पुग्ने अनुमान गरेका छौं, विदेशी पर्यटक बढ्ने वित्तिकै राजश्व पनि बढ्छ,’ सूचना अधिकारी तिवारीले भने ।

चालु वर्षमा १ लाख ८७ हजार २१७ नेपाली, सार्क देशका २७ हजार ८७४ र तेस्रो मुलुकका ४८ हजार ७१५ पर्यटकले निकुञ्ज घुमेका छन् । नेपालीहरु सबैभन्दा धेरै कार्तिक महिनामा २९ हजार ६१५ जना, सार्क देशका बैशाख महिनामा ५ हजार ७९ जना र तेस्रो देशका कार्तिक महिनामै ८ हजार ८८२ जनाले निकुञ्ज भ्रमण गरेका छन् ।

यसअघि गत आर्थिक वर्ष सबैभन्दा धेरै १ लाख ९० हजार पर्यटकले निकुञ्ज घुमेका थिए । पछिल्लो १० वर्षमा सबैभन्दा कम आ।व। २०७२/०७३ मा ८७ हजार ३ सय ९१ र कोरोना भाइरसको महामारी फैलिएको आ.व.२०७७र७८ मा ९८ हजार २ सय २८ पर्यटकले निकुञ्ज घुमेका थिए ।

चालु आर्थिक वर्षमा सबैभन्दा धेरै पर्यापर्यटनबाट १९ करोड ३९ लाख ३२ हजार २ सय ५० रुपैयाँ र गैरकाठ तथा वनपैदावार बिक्रीबाट ४ करोड ७९ लाख ७१ हजार २६९ रुपैयाँ राजश्व संकलन भएको निकुञ्जले जनाएको छ । गत वर्ष ११ करोड ४९ लाख ९७ हजार ४१३ रूपैयाँ राजश्व संकलन भएको थियो ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...