२०८० जेठ ११ गते बिहिबारको राशिफल

खबर चितवन

खबर चितवन

२०८० जेठ ११ गते बिहिबार,जेठ शुक्ल षष्ठी पञ्चाङ्ग: वृद्धि कौलव पुष्य , भोटो जात्रा (काठमाडौँ उपत्यका बिदा )/सिथि नख:

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अनावश्यक काममा समय व्यतित गर्दा गर्नुपर्ने काम अधुरो रहन सक्छ। आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । मानशिक असन्तुष्टिको अनुभव हुनेछ । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

दाजुभाइ र बन्धुबान्धवको काममा सहयोग लिन-दिन सकिने दिन छ । स्वास्थ्यले साथ राम्रै दिनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जागर बढ्नेछ, जागीर खाने ईच्छा भएमा प्रयास गर्नुहोस् सफलता मिल्ने छ । तपाईंले आटेका सबै काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ राम्रो पाउनु हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशिका लागि आज काममा विघ्नबाधा ज्यादा आइलाग्ने छन् । आर्थिक कारोबार पनि भद्रगोल हुनसक्नेछ । व्यर्थ मानसिक तनाव, यात्रामा विघ्नबाधा, स्वास्थ्य त्यति राम्रो न रहने, आफन्तसंग कलह हुनसक्ने समय पनि चल्दै छ । सबै प्रकारले सतर्क रहनु अति आवश्यक छ भने भोलिदेखि टाढाबाट धन प्राप्ति, धार्मिक कार्यमा मन जान सक्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पारिवारिक भेटघाटको समय छ । आज आम्दानीका नँया श्रोत देखा पर्दै जानेछन् । आज जे काम गर्नुहुन्छ सुखैका साथ सम्पन्न हुनेछन् । परिवारका सदस्य, निकटतम कर्मचारी, सबै ईष्टमित्रले तपाईंलाई सहयोग गर्नेछन् । त्यसैले जे काम गर्नु छ तुरुन्तै थालनी गर्दा अत्यन्तै राम्रो हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएकाहरूका लागि आज मन चञ्चल हुन सक्ने, मानसिक तनाव हुने, गर्न खोजेका काममा रोकावट आउने, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, नयाँ कामको थालनीका लागि पनि आज राम्रो छैन । शरीरमा चोटपटक लाग्ने सम्भावना पनि छ । जुनसुकै काम गर्दा सतर्क रहनु आवश्यक छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज आम्दानीका नयाँ स्रोत थपिंदै जानेछन् । नयाँ कार्ययोजना बनाउँदा लाभ पाइने छ । फलफूल सम्बन्धी पेशामा उच्चतम लाभ पाइने देखिन्छ । पद र पैसाभन्दा प्रतिष्ठासंग गाँसिएका काममा लगानी हुन सक्नेछ । समय सही सदुपयोग गर्न सके उच्चतम लाभ हासिल गर्न सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज शेयर बजारबाट लाभ मिल्न सक्छ। विद्यार्थीले पढाईबाट राम्रो नतिजा प्राप्त गर्न सक्ने समय छ। स्वास्थ्य पनि आज राम्रो रहन सक्छ र काम गर्ने उत्साह बढ्न सक्छ ।व्यवसायबाट राम्रो लाभ लिन सक्ने समय छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज सामाजिक तथा धार्मिक क्षेत्रमा गरिएका कामहरु सफल हुनेछन्। नयाँ काम सुरु नगरे पनि पहिले गरिएका कामहरु सफल हुन सक्छन्। पढाईमा मन लाग्न सक्छ। शेयर बजारबाट सामान्य लाभ लिन सकिन्छ।

 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि भएकाहरूका लागि आज मानसिक चिन्ता बढ्नेछ । तिरस्कार तथा अपमान सहनुपर्ने हुन सक्छ। साथीभाई तथा आफन्तबाट असहयोग हुन सक्छ। आम्दानीभन्दा खर्च नै ज्यादा हुने भएकाले सकेसम्म जोगिनु उचित हुनेछ । अनावश्यक रुपमा शत्रु बढ्ने हुनाले कसैसंग वादविवादमा लाग्नु उचित हुँदैन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अरुको सहयोगबाट महत्वपूर्ण काम सम्पादन गर्न सकिन्छ। उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमबाट राम्रो लाभ पाइने समय  । मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ । जमिनसम्बन्धी जुनसुकै पेशा अथवा नगदेवालीमा आधारित कामबाट फाइदा राम्रै पाइने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ । आम्दानी बढ्ने, व्यापार–व्यवसायमा लाभ, प्रेमजीवन सुमधुर तथा पति–पत्नीको रमाइलो यात्रा हुनेछ । घरमा पारिवारिक सहयोग मिल्नेछ भने भएकाले महत्वपूर्ण कार्य तथा यात्रामा पनि सफल भइनेछ । समय शुभ समय रहेकाले धार्मिक कार्यमा लगानी हुन सक्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज मीन राशिका व्यक्तिहरु बौद्धिक प्रतिस्पर्धामा विजयी हुनेछन् । मानसिक अशान्ति, कार्यमा बिघ्नबाधा, खानामा गडबडी हुन सक्नेछ । स्वास्थ्य सामान्य रहन सक्छ। विद्यार्थीले पढाईमा राम्रो प्रगति गर्ने समय छ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...