3pl Addiction Helpline America addictionhelplineamerica

शास्त्र भन्छ : बिहीबार यी काम गर्न हुँदैन

खबर चितवन

खबर चितवन

काठमाडौं,११ जेठ । बिहीबारलाई धार्मिक दिन मानिन्छ । बिहीबार देवताहरूका गुरु बृहस्पतिको दिन हो । यसदिन भगवान विष्णु र गुरु बृहस्पतिको आराधाना गरिन्छ।

ब्रम्हाण्डमा अवस्थित नौ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ। तर, बृहस्पति ग्रहको अनुकूलताको लागि केही यस्ता कार्य हुन्छन् जुन बिहीबारको दिन गर्नु उचित मानिँदैन।

कपाल नुहाउनु हुँदैनः शास्त्र बिहीबार कपाल नुहाउन नहुने उल्लेख छ । खासगरी महिलाहरूले बिहीबार कपाल नुहाउनु अशुभ मानिन्छ ।

महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिको रुपमा रहने हुँदा यो दिन कपाल नुहाउनु नराम्रो मानिन्छ । विहीबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने शास्त्रमा उल्लेख छ ।

कपाल वा दारी काट्नु हुँदैनः विहीबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । वृहस्पतिलाई जीवन अर्थात जीवन भनिएको छ ।

विहीबार रौं काट्दा गुरु ग्रह कमजोर हुने भनिन्छ । यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ ।

नङ काट्न हुदैनः बिहीबार नङ काट्नु र दारी काट्नु अशुभ मानिन्छ । यस्ता कार्य विहीबार गर्दा जागिरमा समस्या हुने र पदोनन्ती हुनुको साटो घटुवा हुने समेत सम्भावना हुने शास्त्रमा उल्लेख छ ।

बिहीबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस् । त्यस्तै घरको सरसफाइ माकुराको जालो हटाउने काम पनि विहीबार नगर्नु नै उत्तम हुन्छ ।

भारी कपडा धुनु हुँदैनः बिहीबारको दिन भारी कपडा धुनु राम्रो मानिँदैन । विहीबारको दिन ठूला ठूला कपडा धुँदा अशुभ हुने मानिन्छ । बिहीबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । बिहीबारमा घरमा भएको फोहोर बाहिर फाल्दा अशुभ हुने मानिन्छ । घरको सरसफाइ सकेसम्म बिहीबार नगर्नु नै राम्रो हुन्छ ।

लक्ष्मीको मात्रै पूजा गर्नुहुदैन : बिहीबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पूजा गर्दा लक्ष्मीको मात्र पूजा गर्नु हुँदैन । पूजा गर्दा लक्ष्मी नारायणको पूजासँगै गर्नु राम्रो हुन्छ । यसले पति पत्निबीचको सम्बन्ध पनि राम्रो हुने शास्त्रमा उल्लेख छ ।

दक्षिणपश्चिम कोण तर्फ फकेर पूजा नर्गनुस् :
 बिहीबारको दिन दक्षिण, पूर्व, दक्षिणपश्चिम कोण तर्फ भई पूजा गर्नु हुँदैन। विशेष गरी दक्षिण तर्फ किनकी यो दिशामा भ्रामकता छ।

केरा नखानु : बिहीबार केरा खानु हुँदैन । बरु केराको बोटको विधिवत पूजा गर्ने व्यवस्था छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...