चितवन,११ जेठ । भरतपुर अस्पतालले भोलिदेखि दीर्घरोगीलाई एकै पटक तीन महिनाको औषधि दिने भएको छ । अस्पतालमा स्वास्थ्य बीमाको सुविधाबाट लामो समय औषधि खानेहरुलाई तीन महिनाको औषधि एकै पदक दिने व्यवस्था गरिएको हो ।
मधुमेह, हाईपरटेन्सन, थाईराईड जस्ता रोगको औषधि नियमित खानुपर्ने बिरामीलाई अस्पतालले यसअघि दुई महिनाको लागि एकै पटक औषधी दिने गरेको थियो ।
जिओपिडिमा बेलुकी ५ बजेसम्म चिकित्सक हुने र २ बजेसम्म टिकट पाईने हुँदा औषधि लेखाउनु पर्ने बिरामी १ बजे आएर सेवा लिन सक्ने अस्पतालले जनाएको छ ।
बिहान ८ बजेदेखि ११ बजेसम्म धेरै भिड हुने भन्दै अस्पतालले १ बजेपछि आउन आग्रह गरेको छ ।अत्याधिक भिड हुने गुनासो आएपछि अस्पतालले भिड व्यवस्थापन गर्न यो सुविधा दिएको हो ।
दीर्घरोगीहरुले स्वास्थ्य बीमा मार्फत् औषधि खरिद गर्न चिकित्सकको प्रिस्किप्सन चाहिंने हुँदा औषधि लेखाउन मात्रै पनि टिकट काटेर ओपिडिमा गएर चिकित्सकलाई जचाउनु पर्ने हुन्छ ।
Discussion about this post