3pl

नर्सहरुसँग माफी माग्दै गिभिनाले भनिन्- म बाट भुल भयो

खबर चितवन

खबर चितवन

चितवन,११ जेठ । चितवनस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा नर्सहरुसँग भएको विवाद र उक्त विवादको भिडियो सामाजिक सञ्जालमा राखेपछि चर्चामा आएकी गिभिना मगरले नर्सहरुसँग माफी मागेकी छिन्।

गिभिनाले बुधबार साँझ नर्सहरुसँग माफी माग्दै आफूबाट भुल भएको बताएकी छिन्। उनले नर्सहरुलाई सम्मान गर्न र नकारात्मक कमेन्ट नगर्न पनि आग्रह गरेकी छिन्।

गत वैशाख २८ गते एक बालिकालाई लिएर औषधिका लागि गिभिना अस्पतालमा पुगेकी थिइन्। सो क्रममा गिभिनाले २ बजे लगाउनु पर्ने औषधि किन ४ बजे भनेर प्रश्न सोधेकी थिइन्। नर्सहरुले उनको प्रश्नपछि अघिल्लो दिन ४ बजे लगाइएका कारण २४ घण्टाको फरकमा लगाउनु पर्ने औषधि सोही समयमा लगाउनु पर्ने बताएका थिए। त्यसपछि गिभिनाले कागजमा २ बजे लेखिएको भन्दै थप कुराकानी गरेकी थिइन्।

सो क्रममा दुवै पक्षबीच केही चर्काचर्की भएको थियो। गिभिनाले उक्त विषयको भिडियो खिचेर सामाजिक सञ्जालमा राखेपछि विवाद झन् चर्किएको थियो। त्यसपछि नर्सहरु आन्दोलनमा उत्रेका थिए।

गिभिनाले आफ्नो उद्देश्य नर्सहरुलाई गलत देखाउनु नरहे पनि भूलवश गल्ती भएको स्वीकार गरेकी छन्। साथै उनले आगामी दिनमा यस्तो गल्ती नदोहोरिने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।

आफ्ना कारण नर्सिङ पेसामै चोट पुगेको, चरित्र हत्या भएकामा धेरै दुःख लागेको गिभिनाले उल्लेख गरेकी छन्।

यस क्रममा उनले आफू फ्लोरेन्स नाइटिङ्गेलकै बाटोमा हिँड्ने गरेको र स्टार्फ नर्स पढ्ने धेरै मन भए पनि आर्थिक अभावका कारण नपाएको समेत बताएकी छन्। त्यस्तै उनले नर्सलाई गाली नगर्न र आफ्ना कारणले सुरु भएको यो विषय आफूले माफी मागेसँगै अन्त्य होस् भन्ने आग्रह गरेकी छन्।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...