3pl

नक्कली शरणार्थी प्रकरण : चितवनबाट दुई बोरा पैसा सरकारी गाडीमै काठमाडौँ ल्याएको खुलासा

खबर चितवन

खबर चितवन

काठमाडौं,१० जेठ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउँछु भन्दै ठगी गरेको गिरोहले पीडितसँग असूली गरेको रकम बोरामा राखेर सरकारी गाडीमै चितवनबाट काठमाडौं ल्याएको खुलेको छ ।

यो प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका सन्देश शर्माले गृह मन्त्रालयले नेपाल हज कमिटीको सचिवालयलाई दिएको गाडीमा राखेर दुई बोरा पैसा काठमाडौं ल्याएको खुलेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा पेश गरेको अभियोग पत्रमा सवारी चालक गौतम गिरीले २०७८ सालको जेठ चौथो हप्तातिर चितवनबाट गाडीमा पैसा भएको प्लाष्टिकको सेतो बोरा लिएर आफू काठमाडौं आएको खुलाएका छन् ।

गाडी लिएर जान भनेअनुसार काठमाडौं आउन खोज्दा शर्माले गाडीमा पैसा भएको बोरा पनि राखिएको बयान प्रहरीसमक्ष दिएका छन् ।

‘त्यहाँको होटल भिजन सफारीमा बसेका थियौं, भोलिपल्ट त्यहीँ ६०/७० जना मानिसहरु बायोमेट्रिक गर्न आएका थिए, गृह मन्त्रालयले पठाएको भन्दै शरणार्थी लेखिएको कागजमा साँझको समयमा औंठा छाप गर्न लगाएका थिए’, गिरी भन्छन्, ‘बायोमेट्रिकको काम पूरा गरेर उनीहरुबाट लाख/लाखको बण्डल भएको रकमहरु बुझेका थिए, त्यसको प्रत्यक्षदर्शी समेत हुँ ।’

आफूले पनि अमेरिका जाने सोच बनाएर रामकुमार रेग्मीको सल्लाह अनुसार ३ लाख रुपैयाँ बुझाएको उनले भनेका छन् । त्यसक्रममा उनीहरुले आफ्नो पनि आँखा परीक्षण गर्ने, फोटो टाँस्ने र औंठा छाप गर्ने जस्ता काम गरेको गिरी बताउँछन् ।

‘त्यतिबेला अन्य पीडित व्यक्तिसँग नगद पैसा उठाएर सन्देश शर्मालाई बुझाइएकोमा उनले त्यो रकम प्लाष्टिकको सेतो दुई वटा बोरामा राखिरहेको मैले देखेको थिएँ’, उनी भन्छन्, ‘म काम विशेषले काठमाडौं आउनुपर्ने भएकाले रेग्मीलाई जान्छु भन्दा उनले मेरो साथी सन्देश शर्माको कालो रंगको गाडी लिएर घरमा छाडिदिनु भनेका थिए ।’

गाडी लिएर जान खोज्दा शर्माले सरकारी नम्बर प्लेटको गाडीमा पैसा भएको बोरा राख्न भनेको उनले बयानका खुलाएका छन् ।

‘एउटा बोरा उचालेर मैले गाडीमा राखेँ भने अर्को एक बोरा नजिकको चालक (नाम थाहा नभएको) ले राखेका थिए’, उनले भनेका छन् । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार गिरीले काठमाडौं ल्याएको गाडी हज कमिटीका अध्यक्ष शमशेर मियाँको भएको खुलेको छ ।

बीबीए १४०५ नम्बरको गाडीको नम्बर परिवर्तन गरेर चितवन लगेको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...