चितवन,११ जेठ । चोरी भएको मोटरसाइकल सहित भरतपुरबाट एक जना प्रकाउ परेका छन् । प्रकाउ पर्नेमा भरतपुर १७ बस्ने बर्ष २५ का हरि बि.क रहेका छन् । उनलाई भरतपुर महानगरपालिका १ नारायणी नदि किनार स्थित मोटरसाइकल पार्किङ गरी शंकास्पद रुपमा बसिरहेको अवस्थामा प्रहरीले प्रकाउ गरेको हो ।
बैशाख ३ गते नाशा कम्पनीको ५०० सीसीको बुलेट मोटरसाइकल बिलबुक सहित चोरी भएको निबेदनको आधारमा उक्त मोटरसाइकल खोजि गर्दै जाँदा विशेष सुचनाको आधारमा बि.कलाई प्रकाउ गरीएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
Post Views: 970
Discussion about this post