3pl Addiction Helpline America addictionhelplineamerica

चितवनमा खेती गर्ने समयमा रासायनिक मलको अभाव

खबर चितवन

खबर चितवन

चितवन,११ जेठ । चितवनमा रासायनिक मलको चरम अभाव हुँदा किसान चिन्तित भएका छन् ।

हरेक वर्ष जस्तै यस वर्ष पनि धानको बिउ राख्ने र रोप्ने समयमा रासायनिक मलको अभाव भएकोले किसानहरु चिन्तित भएका हुन् । अहिले जेठको दोस्रो हप्ता भइसकेको छ असारमा त धान रोप्ने समय हुन्छ ।

मलको अभावकै कारण उत्पादन घट्ने चिन्तामा किसानहरु छन् । असारमा धान खेतीको सिजन सुरु हुन लागेकोले विगत वर्षदेखि अभाव भोग्दै आएका किसानलाई धान रोप्दा खेतबारीमा प्रयोग हुने युरिया, डीएपी मलको अभाव भएको हो ।

भरतपुर महानगरपालिका–१३ का किसान रामजीप्रसाद सापकोटाले खेती गर्ने बेला पर्याप्त मल नपाउँदा बर्षेनि समस्या भोग्दै आइरहेको गुनासो गरे । उनले अहिले मात्र नभएर विगतका वर्षदेखि नै रासायनिक मलको अभाव हुँदै आएको गुनासो पोखे ।

किसानले भनेका बेला मल नपाउने र सिजन सकिएपछि पाउने गर्दा पनि उब्जनीमा समस्या हुने तथा उत्पादन घट्ने गरेको उनको अनुभव रहेको छ । उनले आवश्यक भएका बेला हरेक वर्ष मल अभाव हुनुले किसानलाई कृषि कर्मप्रति निरुत्साहन गर्ने गरेको बताए । उनले भने, ‘खेती गर्न चाहिने मल, बीउ र सिँचाइको सुविधा पर्याप्त हुनुपर्ने हो । हामी सधैँ अभाव झेलिरहन्छौ ।’

जन जागृति सहकारी संस्थाका सदस्य तथा किसान नन्दबहादुर रेग्मीले खेती लगाउने समयमा सधै मलको समस्या भोग्नु परेको र अहिले पनि युरियाको चरम अभाव रहेको गुनासो गरे । धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा पनि मलआवश्यक पर्ने भए पनिअहिले मल अभाव हुँदा समस्या हुने गरेको उनको भनाइ छ ।

रेग्मीले सहकारीबाट सेयर सदस्य बनेर मोल ल्याउने गरेको बताउँदै भने, ‘किसानले खेती गर्ने बेला भइसक्यो । पानी परेको छ । धानको ब्याड राखौँ भने पनि मल छैन । मल आयात पर्याप्त नभएकाले यस वर्ष खेत रोप्ने समयमा मल अभाव हुने देखिन्छ ।’ बर्सेनि युरियाको चरम अभाव भएको उनको भनाइ छ । आफूहरुले खेतीबाली लगाउँदा खेतबारीमा डीएपी, पोटास, युरिया प्रयोग गर्ने गरेको उनले बताए । उनकाअनुसार उनीहरुले धान रोप्ने सिजनसँगै अरु सिजनमा पनि सहज तरिकाले मल पाएका छैनन् ।

भरतपुर माहानगरपालिकाको कृषि तथा पशुपन्छी प्रवद्र्धन शाखाको प्रमुख तेजेन्द्र पौडेलले अहिले जिल्लामा रासायनिक मलको चरम अभाव रहेको बताए । उनका अनुसार महानगरले माग अनुसारको मल पु¥याउन सकेको छैन । यस वर्ष माहानगर क्षेत्र भित्रबाट मात्रै शाखामा ७५ वटा सहकारीबाट धानकोलागि मलको माग आएको उनले जानकारी दिए । अहिले धानको बीउको भने अभाव नरहेको उनको भनाइ छ ।

त्यस्तै मलको समस्या हेर्दा भरतपुर महानगरलाई मल कृषि सामग्री केन्द्र र साल ट्रेडिङले भाग लाएर दिने गर्छन् । उनले अब मल कहिले आउँछ त्यो पनि निश्चित नहुने बताए । महानगरलाई मलको कोटा आउने र त्यही आएको मलको आधारमा शाखाले सहकारीलाई मल बितरण गर्दै आएको उनको भनाइ छ ।

अहिले जिल्लामा मल कम आएता पनि त्यो मल पनि पर्याप्त मात्रामा नभएको र जिल्लाका स्थानीय तहका प्रमुखहरूको समन्वयमा मल बितरण गर्ने सहकारीमार्फत् वितरण भइरहेको उनले जानकारी दिए ।

साल्ट ट्रेडिङ कर्पाेरेसन चितवनका प्रमुख बुद्धिविनोद दाहालले चितवनमा युरिया मलको अभाव भएको तर डीएपी उपलव्ध रहेको बताएका छन् । उनले युरिया मल कम मात्रामा उपलब्ध भएकाले माग अनुसार पूरा नभएको जानकारी दिए । अब केही दिनमा युरिया मल आइपुग्नेसमेत उनले दाबी गरे । उनका अनुसार गएको साउनदेखि जेठ ९ गतेसम्ममा जिल्लामा युरिया २६ हजार ४८२ बोरा, डीएपी ९ हजार १३६ बोरा र पोटास ९१ बोरा बिक्री वितरण भइसकेको छ ।

अमर बहुउद्देश्यीय सहकारी संस्था भरतपुर–२२का अध्यक्ष कुमार प्रसादले अहिले रासायनिक मलको अभाव रहेको बताए । उनले भने, ‘पछिल्लो समय युरिया चैतको अन्तिम तिर आएको थियो भने डीएपी र पोटास धेरै भयो आएको छैन ।’ सहकारीले पहिले व्यक्तिको जग्गा हेरेर मलदिने गरे पनि अहिले मल थोरै आएको अवस्थामा भने १० किलोको दरले बेचिरहेको उनको भनाइ छ । हरेक वर्ष जस्तै यस वर्ष पनि धान रोप्ने समयमा चितवनमा रासायनिक मलको चरम अभाव हुँदा किसानहरु चिन्तित भएको उनको भनाइ छ । उनले किसानले कहिले मल आउने भनेर दिनहुँ सोध्न आउने गरेको समेत बताए ।

यो खबर नारायणी अनलाइनका लागी निरुता वि.कले लेख्नुभएको हो ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...