3pl Addiction Helpline America addictionhelplineamerica

चितवनकी मुना रिजाल मिस हेरिटेज ग्लोबलमा भाग लिँदै

खबर चितवन

खबर चितवन

चितवन,११ जेठ । आगामी २३ सेप्टेम्बर, २०२३ मा दक्षिण अफ्रिकामा हुने ‘मिस हेरिटेज ग्लोबल’को फिनालेमा नेपालको प्रतिनिधित्व चितवन भरतपुरकी २७ वर्षीय मुना रिजालले गर्ने भएकी छन् ।

उनी गत जेठ ४ गते राजधानीमा भएको ‘मिस हेरिटेज ग्लोबल नेपाल २०२३’ की विजेता हुन् ।प्रतियोगिताका लागि मुना आगामी ७ सेप्टेम्बरमा दक्षिण अफ्रिका पुग्नेछिन् ।

मुनाले त्यहाँ नेपालको सम्पदा झल्कने करिब ५ मिनेटको परिचयात्मक भिडियो प्रस्तुत गर्नेछिन् । उनले विश्वका ५५ देशका सुन्दरीको सहभागिता रहने प्रतियोगिताका सहभागीबिच नेपालको कला, संस्कृति, सम्पदा र सौन्दर्य प्रस्तुत गर्नेछिन् ।

मिस हेरिटेज ग्लोबल नेपाल’का नेशनल डाइरेक्टर उद्धव अधिकारीले नेपालले पाएको यो अवसरको भरपुर सदुपयोग गर्दै मुनाले विश्व मञ्चमा नेपाललाई चिनाउन सहयोग पुर्‍याउने बताए ।

भारतको बेङ्गलोरबाट उच्च शिक्षा हासिल गरेकी मुनाले त्यहाँको राजीव गान्धी विश्वविद्यालयबाट स्नातक गरेकी छन् । मिस हेरिटेज ग्लोबल नेपाल अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस हेरिटेज ग्लोबलको फ्रेन्चाईज प्रतियोगिता हो, जसले नेपालको सांस्कृतिक विविधता र सम्पदालाई संरक्षणमा सहयोग पुर्‍याउनुका साथै युवतीहरूलाई आफ्नो प्रतिभा, ज्ञान र सौन्दर्य प्रदर्शन गर्नका लागि प्लेटफर्म उपलब्ध गराउँदै महिला सशक्तीकरणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...