काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ‘घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ’ भन्दै चेतावनी दिएका छन् ।
बारम्बार आफूमाथि मुद्दा पर्न थालेपछि प्रतिक्रिया स्वरूप बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले मान्छेलाई ‘इरिटेट’ गर्ने पनि सीमा हुन्छ नि भन्दै आक्रोश पोखेका छन् ।
उनले लेखेको छन्, ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ ।
१) सर्वोच्च अदालतको मिति २०७९/१०/१३ को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरेको छ ।
२) अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौंमा पेस गरी नेपाली नागरिकता पुनः कायम गराएको छु ।
३) अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु । यसको जानकारी र सक्कल बमोजिम नक्कल मिति २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएँ । टेलिभिजनबाट घोक्रो सुक्नेगरी सप्रमाण बोलिसकेको थिएँ ।
४) घण्टी लाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ ।’
Discussion about this post