काठमाडौं,१० जेठ । बझाङमा भूकम्प गएको छ । बिहान ४ बजेर ६ मिनेट जाँदा दौलीचौर आसपास केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।
पश्चिमी क्षेत्रमा केही समय यता लगातारजसो भूकम्प गइरहेको छ । यस अघि अस्ति ८ गते बाजुरामा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।
पश्चिमी क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भइरहेकाले जोखिम धेरै रहेको भूकम्पविद् मुकुन्द भट्टराईले बताउनुभयो ।
जोखिम उच्च नै रहेकाले त्यस क्षेत्रका स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन उहाँको सुझाव छ ।
Post Views: 225
Discussion about this post