देवघाटमा सुस्वास्थ्य केन्द्रको उद्घाटन

खबर चितवन

खबर चितवन

चितवन,१० जेठ । देवघाटमा सुस्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ ।भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले सो केन्द्रको उद्घाटन गरेका हुन् । उपमेयर अधिकारीले देवघाटधामलाई धार्मिक पर्यटकीय नगरीको रुपमा विकास गर्नुपर्ने विचार राखे ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देवघाट धामको छुट्टै महत्व र पहिचान रहेको उल्लेख गर्दै उनले देवघाट धामलाई धार्मिक पर्यटकीय नगरीको रुपमा विकास गर्नुपर्ने बताए । अधिकारीले देवघाट क्षेत्रलाई धार्मिक पर्यटकीय नगरीको रुपमा विकास गर्न भरतपुर महानगरले तीव्ररुपमा काम गरिरहेको पनि बताए ।
देवघाट अब धार्मिक पर्यटकीय नगरीको रुपमा विकास हुन्छ उनले भने, ‘यो संकल्पसहित महानगरपालिका देवघाटको विकासमा अगाडि बढेको छ ।’देवघाटलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न महानगर क्रियाशील छ : उपप्रमुख अधिकारी

एशोसिएसन अफ नेपाली फिजिसियन्स इन अमेरिका र गुणनिधि खनाल मेमोरियल ट्रष्टको सहकार्यमा उक्त भवन निर्माण गरिएको हो । देवघाटमा उक्त सुस्वास्थ्य केन्द्र स्थापना भएपछि सयौं वृद्धववृद्वाहरुले उपचार पाउने केन्द्रले जनाएको छ । केन्द्रमा सबै प्रकारका रोगको उपचार गरिनुको साथै औषधिको पनि व्यवस्था मिलाइएको छ । कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष सदन बरालसहित विभिन्न स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।

 

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

काठमाडौं । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ...

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बु । सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने...

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी भाद्र ९, १० र ११ गते विहान ११...