एजेन्सी,१० जेठ । भिटामिन ‘ई’ र एलोभेरा दुवैमा केही त्यस्ता गुण भएका पोषक तत्व हुन्छन्, जो छालाका लागि एकदमै फाइदाजनक हुन्छ । आउनुहोस् जानौं एलोभेरा र भिटामिन ‘ई’ क्याप्सुलबाट बनेको फेसप्याक कसरी बनाउने र यसका कस्ता फाइदाहरु छन्–
एलोभेरा पाइने एन्टिअक्सिडेन्टले बढ्दै गरेको उमेरका लक्षणलाई कम गर्न सहयोग गर्छ । एलोभेरा र भिटामिन ‘ई’ बाट बनेको फेसप्याकले पिग्मेन्टेसन तथा चाउरीपनाको समस्या कम गर्छ ।
यसले छालामा जम्मा भएका मृत कोषिकाहरूको समस्याबाट छुट्कारा दिन्छ । एलोभेरामा पाइने तत्वले छालाबाट मृत कोषिकाहरूलाई बाहिर निकाल्छ भने भिटामिन ‘ई’ ले नयाँ कोषिकाहरूको उत्पादन बढाउन सहयोग गर्छ।
Post Views: 310
Discussion about this post