काठमाडौं,९ जेठ । आज ४ वटा प्रदेशमा वर्षा र २ प्रदेशमा हावाहुरी आउन सक्ने जल तथा मौसम विज्ञान विभागले गरेको छ।
विभागका अनुसार कोशी, मधेश, वागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी र मधेश प्रदेशका तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना हुनाले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
अहिले बिहान देशभरको पहाडमा आंशिकदेखि सामान्य बदली रही बाँकी इलाकामा आंशिक बदलीदेखि मौसम सफा छ। हिजो राति मधेश र लुम्बिनी प्रदेशका पहाडमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षा भएको थियो।
आज दिउँसो देशभरको पहाडमा आंशिकदेखि सामान्य बदली रही बाँकी इलाकामा आंशिक बदलीदेखि मौसम सफा रहने पूर्वानुमान छ। कोशी, मधेश, वागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी र मधेश प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना छ।
Discussion about this post