काठमाडौं,९ जेठ । सामाजिक सञ्जालमार्फत आफूहरूको चरित्र हत्या गर्न खोजिएको भन्दै नर्सहरू आन्दोलित भएका छन्।
विभिन्न बहानामा चरित्र हत्या गर्न खोजिएको, दमन गर्न खोजिएको भन्दै उनीहरूले आज पनि काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरे।
गत वैशाख २८ गते चितवनको बीपी कोइराला मेमोरियल अस्पतालको आकस्मिक केयर युनिटमा खिचिएको नर्स–बिरामीबीचको भिडियो टिकटकमा सार्वजनिक भएको थियो। सोही विषयमा उनीहरू विरोधमा उत्रिएका हुन्। नर्सहरूले कार्य क्षेत्रमा सुरक्षा प्रत्याभूति गरियोस् जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
सामाजिक सञ्जालमा नर्सहरूको चरित्र हत्या गर्ने भिडियो सार्वजनिक भएको र यसले पेसाकै बदनाम गर्न खोजिएको उनीहरूको गुनासो छ।
यसैबीच, नेपाल नर्सिङ संघले विज्ञप्ति निकालेर सो घटनाको भर्त्सना गरेको छ। डिउटीमा रहेको नर्स र बिरामीबीचको कुराकानीलाई बिनाअनुमति सामाजिक सञ्जालमा अपलोड गरिएको र त्यसमा आएका प्रतिक्रियाप्रति संघले आपत्ति जनाएको छ।
Discussion about this post