काठमाडौं,९ जेठ । वैशाख २८ मा सर्वोच्च प्रशासनले रिट दरपिठ गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछाने विरुद्धको रिट दर्ता गर्न आदेश भएको छ ।
दरपिठ गरेको रिट पुनः दर्ताका लागि युवराज पौडेल ‘सफल’ले जेठ २ गते निवेदन दिएका थिए । सोही निवेदनमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले ‘रविविरुद्धको रिट दर्ता गरी अघि बढाउन’ आदेश दिएको छ ।
उक्त रिट वैशाख २५ गते सर्वोच्च अदालतमा लगिएको थियो । तर, वैशाख २८ मा सर्वोच्च प्रशासनबाटै रिटलाई दरपिठ गरिएको थियो । सर्बोच्चको लिखित आदेश आएमा आजै रिट दर्ता गर्ने निवेदक पौडेलले बताए।
Post Views: 375
Discussion about this post