चितवन,८ जेठ । समृद्धिका लागि युवा अभियान माडीले निकुञ्जभित्र धुलोरहित बाटो निर्माणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ । आइतबार माडीका जनप्रतिनिधिहरु सहित सर्बदलिय प्रतिनिधिमण्डलसंगै काठमाडौं पुगेका अभियन्ताहरुले आज (सोमबार)प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।
प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाउँदै अभियन्ताहरुले तत्कालै धुलोरहित बाटो निर्माण अगाडि बढाउन माग गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटार पुगेका अभियन्ताहरु रामबन्धु पोखरेल, रामचन्द्र लम्साल, प्रविन देवकोटा,विपिन पाठक र हरि रानाभाटका तर्फबाट पूर्व वडाध्यक्ष समेत रहनुभएका कृष्ण पौडेलले ध्यानाकर्षण पत्र बाचन गरी प्रधानमन्त्रीलाई बुझाउनु भएको हो। ध्यानाकर्षण पत्रमा निकुञ्जभित्र बैंकल्पिक भूमिगत केबुल बिछ्याउने कार्य अगाडि बढाउन पनि ताकेता गरिएको छ ।
त्यसैगरी सरकारले भ्रष्टाचार बिरुद्ध चालेको अभियानप्रति अभियानका तर्फबाट धन्यवाद ज्ञापन पनि रहेको छ । समृद्धिका लागि युवा अभियान माडीले निकुञ्जभित्र धुलोरहित बाटो निर्माणका लागि गत बैशाख १८ गते शान्तिपूर्ण र्याली सहित सांकेतिक विरोध प्रदर्शन गरेको थियो।
Discussion about this post