चितवन,८ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिकाको झण्डा फहराईएको छ । महानगरपालिकाको विकास र समृद्धिको अभियानलाई सफल बनाउन विश्वको सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिकाको झण्डा फहराईएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिकाको आयोजनामा गाईड नरेन ठकुरी, सहायक चेतन भोटे गत २०७९ चैत २१ गते मा काठमाडौँबाट सगरमाथा प्रस्थान गरेका थिए । वैशाख २५ गते आधार शिविरबाट हिडेको टोली महानगरको झण्डासहित २०८० जेठ ३ गते विहान ठिक ८.३३ बजे सगरमाथाको चुचुरोमा पुगेको थियो ।
महानगरपालिकाको झण्डा फरफराउने कार्यक्रम सम्पन्न भई टोली काठमाडौँ फिर्ता भईसकेको छ ।यसको संयोजन भरतपुर महानगरपालिकाका विज्ञ प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले गर्नु भएको थियो ।
Post Views: 335
Discussion about this post