3pl Addiction Helpline America addictionhelplineamerica

इन्डियन प्रिमियर लिग : बैंगलोरलाई ६ विकेटले हराउँदै गुजरात विजयी, मुम्बई प्लेअफमा

खबर चितवन

खबर चितवन

काठमाण्डाै,८ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले रोयल्स च्यालेन्जर्स बेङ्गलाेरलाई ६ विकेटले हराएको छ । याे हारसँगै बेङ्गलाेर प्रतियोगिताबाट बाहिरिएको छ भने मुम्बई इन्डियन्स प्लेअफमा पुगेको छ ।

वर्षाका कारण हिजो आइतवार राति ढिलो गरी सुरु भएको खेलमा बेङ्गलवाेरले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९७ रन बनायो । बेङ्गलाेरका लागि विराट कोहलीले शतक बनाए । उनले १ सय १ रन जोडे तर टिमलाई जिताउन सकेनन् । यस्तै बेङ्गलाेरका फाप दु प्लेसिसले २८, माइकल ब्रेसवेलले २६, अनुज राउतले २३ र ग्लेन म्याक्सवेलले ११ रन जोडे । गुजरातका नुर अहमदले २ विकेट लिए भने मोहम्मद शामी, यश दयाल र राशिद खानले १/१ विकेट लिए ।

१ सय ९८ रनको लक्ष्य पाएको गुजरातले ५ बल बाँकी छँदै लक्ष्य भेट्टायो । गुजरातका लागि शुभमन गिलले शतक बनाए । उनले सर्वाधिक १ सय ४ रन बनाए । यस्तै विजय शंकरले ५३ र रिद्धिमान साहले १२ रन बनाए । बेङ्गलाेरका मोहम्मद सिराजले २ विकेट लिए भने विजयकुमार वैश्यक र हर्शल पटेलले १/१ विकेट लिए ।

याेसँगै मुम्बईमा पुग्नै चार वटै टिमकाे टुङ्गाे लागेकाे छ । अब चेन्नईमा हुने क्वालिफायर १ मा चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्स खेल्नेछन् भने इलिमिनेटरमा लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्स खेल्नेछन् ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...