3pl

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच चिज

खबर चितवन

खबर चितवन

काठमाण्डाै,८ जेठ । गर्मी मौसममा आँप जताततै पाइन्छ । गर्मीमा आँप खानुका धेरै फाइदा छन् । आँपमा फस्फोरस, डाइटरी फाइबर, प्रोटिन, पोटासियम, जिङ्क, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, एनर्जी, जिङ्क जस्ता धेरै पोषक तत्त्व पाइन्छन् ।

आँप खाने सबैको आ–आफ्नै तरिका हुन्छ । कतिलाई आँप खाना खाइसकेपछि मन पर्छ । तर आँप केही चिजसँग खानु हानिकारक हुनसक्छ भन्ने कुरा तपाईंलाई थाहा छ ? आज हामी तपाईंलाई यी चिजबारे जानकारी दिँदै छौँ ।

१. करेला
गर्मीमा मानिसहरूले करेला धेरै खान्छन् । कतिलाई खानासँगै आँप खान मन पर्छ तर आँपलाई कहिल्यै करेलासँग खानु हुँदैन । यसो गर्दा बान्ता हुने समस्या हुनसक्छ ।

२. मसालेदार चीज

आँप मसालेदार चीजहरूसँग पनि खानु हुँदैन । यी खानेकुरा सँगैसँगै खाए मानिसले पाचन सम्बन्धी समस्याको सामना गर्नुपर्ने हुन्छ । यसले पेट पनि दुखाउँछ

३. पानी पिउनु
आँप खाने बित्तिकै तुरुन्तै पानी पिउनु हुँदैन । धेरै मानिसले आँप खाएपछि तुरुन्तै पानी पिउने गर्छन् । यसले पाचन प्रक्रियामा नराम्रो असर गर्छ । त्यसैले आँप खाएको आधा घण्टापछि मात्रै पानी पिउनुहोस् ।

४. दही 
दहीसँग आँप खानु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ । आँप र दही सँगै खाँदा पेटसम्बन्धी धेरै समस्या हुन सक्छ, त्यसैले आँपसँग दही नखानुहोस् ।

५.कोल्ड ड्रिङ्क
आँप खाएपछि तुरुन्तै कोल्ड ड्रिङ्क कहिल्यै नखानुहोस् । यदि तपाईंले यसो गर्नुभयो भने, रगतमा चिनी छिटो बढ्न सक्छ । आँप र चिसो पेय दुवैमा चिनीको मात्रा धेरै हुन्छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...